ट्रेन्डीङ्ग

जनता सम्झौता सहकारी: नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण, चार वर्षे रणनीतिक कार्यशाला तयारी

जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लि. सुनवल–१२ ले पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै उपसमितिलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

सहकारीको सभाहलमा भएको कार्यक्रममा निर्वाचन मण्डल संयोजक अधिवक्ता सरस्वती शमाले नयाँ कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गराइन। नवनिर्वाचित अध्यक्ष डोलराज भण्डारीले उपसमिति संयोजक र सदस्यहरुलाई सपथ ग्रहण गराए।

भदौ १९ गते बसेको सहकारीको पहिलो बैठकले विभिन्न उपसमिति र मनोनीत सल्लाहकारलाई प्रमाणपत्र वितरण गरिएको जानकारी उपाध्यक्ष देवकला खनालले दिइन।

दोश्रो अधिवेशनले अध्यक्ष भण्डारीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको थियो। समितिमा उपाध्यक्षमा देवकला खनाल, सचिवमा उमादेवी पंगेनी, कोषाध्यक्षमा टिका कुमारी न्यौपाने चयन भएका छन्। सदस्यहरुमा कुल बहादुर राना, खगेन्द्र न्यौपाने, तारा सुनार, ईश्वरी प्रसाद ज्ञवाली र सिर्जना भट्टराई पाण्डेय रहेका छन्।

साथै,लेखा समिति पुष्पा देवी डुम्रेको संयोजकत्वमा चयन गरिएको छ। सदस्यहरुमा अजिता भट्टराई भुसाल र तुलसा बस्याल न्यौपाने रहेका छन।

सल्लाहकारहरुमा सरस्वती शर्मा (कानुनी सल्लाहकार), भविश्वर पराजुली (लेखा विज्ञ), लालबहादुर कुवर (सस्थापक अध्यक्ष प्रदिप पाठक (प्रेस सल्लाहकार) रहेको सस्थाकी सचीव उमादेवि पंगेनिले जानकारी दिइन।

सहकारीले आगामी चार वर्षमा संस्थालाई सबल, पारदर्शी र सदस्यमुखी बनाउन चार वर्षे रणनीतिक कार्यशाला गोष्ठी असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। गोष्ठीमा दीर्घकालीन कार्ययोजना, आर्थिक सुदृढीकरण, डिजिटल प्रणाली प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र सदस्य सेवामा छलफल गरिने अध्यक्ष भण्डारीले जानकारी दिए।

अध्यक्ष भण्डारीले नयाँ उपसमितिहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गर्दै सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?