ट्रेन्डीङ्ग

दाङमा निषेधाज्ञा खुकुलो, बजार र सार्वजनिक सवारी साधन खुले

भदौ २८, दाङ । दाङमा २ साता लामो निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञा खुकुलो भएसंगै २९ गते सोमबारदेखि बजार र सार्वजनिक सवारी साधन खुल्ने भएका हुन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरुमा जोरबिजोर लागु हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरी भदौ २९ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि विहान ६ देखि साँझ ७ वजेसम्म बजार र यातायात खोल्ने जानकारी दिएको हो ।

साथै निश्चित कर्मचारीको उपस्थितिमा सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था पनि खुल्ने भएका छन । तर हरेक दिन साँझ ७ वजेदेखि अर्कोदिन विहान ६ वजेसम्म औषधि तथा अत्यावस्यकीय गतिविधिबाहेक अरु कुनै पनि गतिविधि गर्न तथा सवारी सञ्चालन गर्न नपाइने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

नियमित विपरित कोही हिडडुल गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । यसैगरी रातको समयमा ढुवानीका साधन भने चल्न पाउनेछन । प्रशासनले भेला, गोष्ठी, भिडभाड हुने कुनै पनि गतिविधि गर्न लगाएको रोक कायमै राखेको छ ।

यसअघि भदौ १४ देखि २१ गतेसम्म पूर्ण निषेधाज्ञा लगाएको प्रशासनले भदौ २१ गतेदेखि भदौ २८ गतेसम्म हरेक दिन विहान ६ देखि १२ वजेसम्म बजार खोलेर बाँकी समयमा निषेधाज्ञा लगाएको थियो ।

तर आर्थिक गतिविधि पनि गर्नुपर्ने भन्दै प्रशासनले सोमबारदेखि हरेक दिन विहान ६ देखि साँझ ७ वजेसम्म बजार र यातायात खोल्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal