ट्रेन्डीङ्ग

रामग्राम जेसिजद्वारा १ दिने नेतृत्व कला विकास तालिम

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेतृत्व कला विकास तालिम सम्पन्न भएको छ ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय अग्रणी संस्था रामग्राम जेसीजको आयोजना एवं रामग्राम महिला जेसीज र अप्टिमिष्ट क्लब अफ नवलपरासीको सहआयोजनामा सोमबार उक्त प्रशिक्षण सम्पन्न भएको हो।

रामग्राम जेसीज,रामग्राम महिला जेसीज तथा अप्टिमिप्ट क्लबमा आवद्ध रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिका का गरि ४० जना युवाहरुको सहभागिता रहेको उक्त तालिममा  प्रशिक्षक विजय पाण्डेले प्रशिक्षण दिएका थिए।

नेतृत्व शैली, नेतृत्व कला, नेतृत्वमा हुनुपर्ने गुण, सफल नेतृत्वको खुड्किला लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक रुपमा सहभागिहरुलाई प्रशिक्षण गराईएको थियो । विशेषगरी युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि र नेतृत्व कला विकास गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिए । सफलता प्राप्त गर्न नेतृत्व र व्यक्तित्व विकास आवश्यक रहेको बताउँदै उनले जेसीजले तालिमको माध्यमबाट आफ्नो सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने बताए ।

तालिमको उद्घाटन गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले युवाहरुको नेतृत्व क्षमता अभिवृद्धिमा यस तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले युवाहरुलाई सीप तालिम मार्फत उद्यमतर्फ अघि बढाउनुपर्ने जोड दिए।

यस्तै तालिमको समापन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीले जेसीजको मूल उद्देश्यले नै तालिमको माध्यमबाट नेतृत्व र व्यक्तित्व विकास गर्ने रहेकोले यस तालिम प्रभावकारी भएको अनूभुति गरेको बताए।उनले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गरि सफल नेतृत्वकर्ता बन्न जोड दिँदै आगामी दिनमा पनि यस किसिमका तालिमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का र अप्टिमिष्ट क्लवका अध्यक्ष मनिष गुप्ताको सहअध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल,पूर्व अध्यक्षहरु मेघराज गौतम,चन्द्रमणि चौधरी,ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक दीपक अधिकारी,रामग्राम जेसीजका महासचिव मुकेश लोनिया,रामग्राम महिला जेसीजकी कार्यकारी उपाध्यक्ष डोल्मा चौधरी,रामग्राम जेसीजका तालिम आयुक्त एवं कार्यक्रम संयोजक पुरुषोत्तम तिवारी,रामग्राम जेसीजका जनसम्पर्क अधिकारी रामप्रसाद पौडेल र प्रशिक्षार्थीकोतर्फबाट लक्ष्मी चौधरी,पर्शुराम यादव,रुक्साना खातुन,डा.विकास ढुंगाना लगायतले बोल्दै तालिम निकै प्रभावकारी भएको र सिकेका कुरालाई अभ्यास गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal