ट्रेन्डीङ्ग

सुस्ता घटनाका दोषीलाई दलित मोर्चाद्वारा कार्वाहीको माग

सुनवल।पश्चिम नवलपरासीको सुस्तामा घटनाका दोषीलाई दलित मुक्ति मोर्चाले कार्वाहीको माग गरेको छ।मुक्ति मोर्चाले हजुरबुबा नातिको हत्या र सुनचाँदी व्यवसायीको गोलि प्रहार गर्ने घटनाको दोषीलाई कार्वाहीको माग गरेको हो ।

मुक्ति मोर्चा नवलपरासीद्वारा जारी विज्ञप्तिमा सुस्ताका घटना मानवता विरुद्धको बर्बर र निंशृस अपराधको रूपमा घटित सामाजिक सद्भावको मुल्य तिरस्कार भएको बताएको छ।

मोर्चाले विज्ञप्तिमा भनिएको छ “दलित समुदाय निम्न वर्गीय अवस्थाबाट जीवन बाँचिरहेका हजुरबुबा र नाती आफ्नै खरको छाप्रो घरमा सुतिरहेका बेला हतियार प्रयोग गरी निशृंस हत्या र न्यू धौलागिरी सुनचाँदी पसलका प्रोपाईटर गजेन्द्र विश्वकर्मा र उनका छोरालाई गोली र खुकुरीको प्रहारबाट हत्याको प्रयास घटनाले दलित समुदाय माथि राज्यको सुरक्षा प्रणाली तथा सामाजिक सुरक्षालाई समेत उदाङ्गो पारेको बताएको छ।

विज्ञप्तिमा दलित समुदायका गरिब व्यक्तिहरुले सुरक्षा नपाई आपराधिक शैलीमा हत्या बेहोर्नु लोकतन्त्र, शान्ति सुरक्षा र मानवअधिकारको पूर्ण उल्लङघन हो। यस्तो गर्ने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन उल्लेख गरेको छ।

सुनचाँदी व्यवसायीका बाबु,छोराको हत्याको प्रयास गर्नु र छाप्रो घरमा सुतिरहेका हजुरबुबा र नातीको हत्या गर्ने गिरोहलाई समुल नष्ट गरी शान्ति, सुशासन र सुव्यवस्थाको ग्यारेन्टी सम्बन्धित निकायसँग माग गरेको छ।
हजुरबुबा नाति मृत फेला 
बर्दघाटमा गोलि प्रहार एक घाइते
विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?