ट्रेन्डीङ्ग

सुनवल-परासी सडक खण्डमा सुकेका रुखले दुर्घटनाको जोखिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल परासी सडक किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ।सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा पर्ने सडक किनारमा रहेका सुकेका सिसौका रुख नहटाउन जोखिम बढेको हो।

सुनवल नगरपालिका-२ नयाँ बस्तीदेखि रामग्राम-१ निलोगेट परासीसम्म करिब ६ किलोमिटर क्षेत्रमा सडकसँगै जोडिएका २५ भन्दा बढी सिसौका रुख उच्च जोखिममा रहेका छन।पटक-पटक हटाउन माग गरिए पनि सरोकारवाला निकायबाट आवश्यक पहल नभएको आरोप लगाइएको छ।

सडकसँगै रहेका सुकेका रुखहरूले गर्दा दैनिक रूपमा आवतजावत गर्ने सवारी साधन र पैदल यात्री जोखिम मोलेर यात्रा गर्नु परेकोले रुखको व्यवथापन गर्नुपर्ने स्थानीय अर्जुन पौडेलले बताए। नियमित रूपमा सो सडक प्रयोग गर्ने सन्देश कोइराला भने चैत-वैशाखमा आउने हावाहुरी तथा वर्षाका बेला सुकेका रुख ढल्ने जोखिम अझ बढी हुने भएकाले सम्बन्धित निकाय संवेदनशील बन्नु पर्ने बताए।

यता डिभिजन वन कार्यालय नवलपरासीका सिनियर डिभिजनल वन अधिकृत राजु क्षेत्रीले सडक किनारमा रुख सुकेको कटानको क्षेत्राधिकार नपर्ने भएकाले सडक डिभिजन कार्यालयको स्वीकृति हुँनासाथ रुख हटाइने जानकारी दिए।तर जोखिम अवस्था भएका पुराना रूखहरू सडक डिभिजनको सहकार्यमा व्यवस्थापन गर्ने क्षत्रीको भनाई छ। यस बिषयमा सडक डिभिजन कार्यालय संग बुझ्द्दा सडक डिभिजन कार्यालय बुटवलका डिभिजन प्रमुख जीवेन्द्र मिश्राले प्रत्येक वर्ष वन कार्यालयसँग समन्वय गरेर रुख काट्दै आएको बताए। उनले भने सडकले रुख काट्ने अधिकार नपाउने र सामान्यतया हावाहुरी आउने समयमा वन कार्यालयले काट्ने गरेको जानकारी दिए।अब वन कार्यालयसँग समन्वय गरेर केही समयभित्रै जोखिमपूर्ण रुख हटाइने जानकारी दिए।

चैत-वैशाखको हावाहुरी र वर्षायामलाई ध्यानमा राख्दै सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्ता जोखिमपूर्ण रुखहरूको समयमै व्यवस्थापन गर्न आवश्यक देखिएको छ।स्थानीयले ढिलाइ नगरी आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal