ट्रेन्डीङ्ग

बर्दघाटमा अज्ञात समुहद्वारा गोलि प्रहार, एक जना घाइते

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका ६५ वर्षीय गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन । ब्यवसायी बन्द गरेर घर फर्कने क्रममा अज्ञात समुहले गोलि प्रहार गरेको प्रहरीले जनाएको छ।

गोलि प्रहारबाट घाइते विश्वकर्मालाई तत्काल स्थानीय चिसापानी अस्पताल लगिएपनि उपचार सम्भव नभएपछी बुटवल स्थित तिनाउ अस्पतालमा लगीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।

घाइते बिश्वकर्माको पाखुरामा गोलि लागेको र गोलि प्रहार गर्ने ब्यक्तिको खोजी कार्य भइरहेको डिएसपी बोहराले बताए।

सुनचाँदी व्यवसायी गर्दै गजेन्द्र विश्वकर्मा अज्ञात समुहको गोलि लागेर घाइते उपचार र यथासिघ्र छानबिन गरि कार्वाहीको माग गर्दै भोलि आइतबार पश्चिम नवलपरासीका सम्पुर्ण सुनचाँदी पसल बन्द गर्ने नवलपरासी सुनचाँदी व्यवसायी सचीव राम बहादुर सुनारले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?