ट्रेन्डीङ्ग

प्रतापपुरमा आगलागीबाट १२ वटा घर जलेर नष्ट

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ मा आगलागी हुँदा १२ वटा घर जलेका छन।स्थानीय गोविन्द चमारको कच्ची घरमा लागेको आगोले छिमेकमा रहेका ११ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगलागी निभाएका थिए ।

आगलागीमा स्थानीय रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीको घर जलेको हो।

घर, लत्ता कपडा, अन्न र अन्य सामानमा क्षति पुगेको छ।प्रहरीका अनुसार ५० लाखभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ । तीन वटा बाख्रा जलेर मरेको छ।

गोविन्द चमारको घरमा बिहान घर सरसफाइ गरेर फोहोर जलाएका थिए । फोहोर जलाइसकेर उनीहरु काममा लागेको र दिउँसो हावाले आगो उडाउँदा आगलागी भएको बुझिएको छ।आगलागी भएको परिवार आफन्ती र गाउँलेको घरमा बसेका छन।

यसैगरी बर्दघाट नगरपालिका-२, आमवासस्थित ऋतुवर्ण सामुदायिक वनमा मंगलबार आगलागी भएको छ । चर्को गर्मी र हावा लागेकाले वन नजिकै रहेको मौरी रेष्टुरेष्ट एण्ड लजमा आगो फैलिँदा सामान्य क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?