ट्रेन्डीङ्ग

किसानको उर्जा बन्दै मुलपानी सामुदायिक बन

सुनवल।बिहान उठ्यो गोठमा गयो भैसीको स्याहार सुसार गर्‍यो दुध दोयो विक्रि गर्‍यो।दिनभर गोठमै ब्यस्त साँझ पुनः दुध दोयो विक्रि गर्यो।घरमा रहेका २ भाई छोरा, श्रीमती अनी आफै खटेर काम गर्यो।

यो कुनै एक दुई दिन वा महिनादिनको लागि बनाईएको कार्यतालिका होईन।आर्थिक उपार्जनका लागि झण्डै ११ बर्ष साउदीमा ड्राईभिङ पेसा गरेका सुनवल ४ का झकबहादुर गुरुङको विगत ९ बर्ष देखीको दैनिकी बनेको छ भैसी संगै रमाउनु र कमाउनु।

झकबहादुरले भैसी फर्म संचालनका लागि २२ कठ्ठा जग्गा भाडामा लिएका छन।उनका गोठमा अहिले पाडा पाडी बाहेक २२ वटा भैसी रहेका छन। भैसीका लागि आवश्यक घाँसका लागि बहुबर्षिय र सिजनल घाँस खेती गर्दै आईरहेका छन।घाँसकै कारण दानामा लगाउने लागत समेत कम परेको उनी बताउँछन।

फर्मबाट दैनिक ६५ लिटर दुध उत्पादन हुने गरेकोमा विक्रिका लागि भने कुनै समस्या छैन । उत्पादित दुध स्थानिय स्तरमै खपत हुनेगरेको झकबहादुर बताउँछन्।घरकै सदस्य सबै मिलेर काम गर्ने भएकोले मासिक रुपमा २ लाख हाराहरीमा आम्दानी हुनेगरेको उनको भनाई छ।

सुनवल नगरपालिकाको कार्यालय देखी करिव १ किलोमिटर पश्चिम रमवापुरमा उनको फर्म रहेको छ । कृषि र पशुपालनका क्षेत्रमा लाखौं बजेट छ्ट्याने नगरपालिकाले झक बहादुर जस्ता किसानलाई चिन्न सकेको छैन।झकबहादुर भन्छन् “ दुध उत्पादनको क्षेत्रमा काम गर्ने किसानलाई विभिन्न अनुदान आउँछ भनेको त सुनेको छु तर अहिले सम्म अनुदान वा कुनै सहयोगको अनुभुति गर्न भने पाएको छैन । बास्तविक किसानले अनुदान नपाउने तर नेताका आसेपासे र आफन्तले मात्र अनुदान पाउँछन। ”

पालिकाले अनुदान वा सहयोग उपलब्ध नगराए पनि उनले गरेको पेशालाई सम्मान गर्दै उनी आफै उपभोक्ता रहेको मुलपानी सामुदायिक बन उपभोक्ता समुह सुनवल ४ ले सहयोग उपलब्ध गराएपछि झकबहादुर खुसी छन।उनी भन्छन “सरकारले नहेरे पनि मुलपानी सामुदायिक बनले सहयोग गरेको छ जसले गर्दा कृषि कर्ममा रम्नका लागि थप उर्जा मिलेको छ। ”

उनलाई गोठ सुधार गर्नका लागि बनले १ लाख ५० हजार रकम सहयोग गरेको सामुदायिक बनका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले बताए।पाण्डे भन्छन“हामीले गरिबि निबारणमा २० लाख रुपैयाँ छुट्याएका छौं ।

उपभोक्ताहरु बिच ब्यापक छलफल गरी गोठ सुधार, बाख्राका पाठी वितरण र नगदेवाली प्रोत्साहनका क्षेत्रमा सहयोग गर्दै आईरहेका छौं।”

“गोठमा लोभलाग्दा भैसीहरु झकबहादुर र उनकी श्रीमती डिलाकुमारीको मिहेनत सांच्चै सर्हानिय छ । हामी हेर्न गएका बेला पानी परिरहेकोले गोठको छानो चुहिएर भैंसीहरु भिजिरहेको देख्यौं।झक बहादुरले केही भन्नुभएको थिएन तर हामीले तत्कालै गोठ सुधार अन्तरगत छानो लगाउनका लागि १ लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गर्‍यौं।”पाण्डे भन्नुहुन्छ।


बनले उपलब्ध गराएको सहयोगको सदुपयोग गरी प्रभावकारी देखिएमा आगामी बर्ष पनि सहयोगलाई निरन्तरता दिईने अध्यक्ष पाण्डेको भनाई छ।सामुदायिक बनले दुईजना उपभोक्तालाई गोठ सुधार, ५१ जनालाई बाख्राको पाठी र २१ परिवारलाई नगदेबालीका लागि सहयोग उपलब्ध गराएको छ ।

अधिकांश सामुदायिक बनहरु बन जंगलको संरक्षण र बन पैदावारको आपुर्तीको क्षेत्रमा मात्र सिमित भएर काम गरिहँदा मुलपानी सामुदायिक बनले भने फरक तरिकाले कार्य गरिरहेको छ ।

सामुदायिक बनमा लुम्विनी प्रदेश सरकारले अगाडि सारेको बन सम्बद्र्धन प्रणालीमा आधारित बन ब्यबस्थापन कार्यक्रम लागु गर्ने पश्चिम नवलपरासीको पहिलो बन हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?