सुनवल।राष्ट्रिय महिला आयोगले समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु छाउपडी प्रथा,बालविवाह,बहुविवाह,दाइजो प्रथा,बोक्सीको आरोप लगायतका प्रथाहरु सम्बन्धी लुम्विनी प्रदेश केन्द्रित सुनवलमा अन्र्तक्रिया गरेको छ।
लैगिङ्क समानता,महिला सशक्तिकरण र मूल प्रवाहकरणको लागि कार्यक्रम आयोजना गरिएको राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले बताइन।
कार्यक्रममा प्रमुख अतिथि सुनवल नगरपालिका प्रमुख विमला अर्यालले हाम्रा संस्कार संस्कृतिनै अवैधानिक रहेकाले ती नराम्रा कुरालाई छोड्दै जानु पर्ने बताउदै समाज रुपान्तरणका लागि सचेतना अभियानको आवश्यकता रहेकाले सबैले आफ्नो तर्फबाट पहल गर्न सके न्युनिकरण गर्न सकिने बताइन।रास्ट्रपति उपराष्ट्रपतिमा महिला समावेशीकरण नआएकोमा आयोगको ध्यानाकर्षण गराइन।
महिला नेतृत्व रहेको पालिकामा सहजीकरण नगरी असफल बनाउन लाग्ने सयंन्त्र प्रति इंगित गर्दै नगर प्रमख अर्यालले अवसर दिए पनि काम गर्न नदिएको भन्दै निणर्ायक तहमा महिलाको सहभागिता नहुनुमा महिला मैत्री समाज निर्माणमा कानुनी कुराहरु अड्चन रहेको बताउनु भयो। १३ वटै महिला उद्यम केन्द्रबाट उत्पादीत वस्तुको बजारीकरणका लागि बहुदेस्यिय भवन र हिंसा पीडित महिलाहरूका लागि महिला सेफ भवन बन्दै गरेको बताउदै नगर प्रमुख अर्यालले आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताइन।
कार्यक्रममा वोल्ने वक्ताहरुले आर्थिक सशक्तिकरण तथा स्वनिर्भरका कार्यक्रम ल्याउनु सके अधिकांस महिला हिंसामा कमी आउने भन्दै विशेष परिस्थितिमा रहेका बालबालिका र महिलाको विषयमा पनि विभिन्न कार्यक्रम ल्याउनुपर्ने बताएका थिए।कानुनी राज्य भए पनि हिंसा पीडित महिलाको उजुरी दर्ता नहुनु विडम्बना भएको भन्दै कानुन निर्माण भन्दा पनि कार्यान्वयन गर्नु जटिल विषय भएकाले मानसिक परिवर्तन आवश्यक रहेको बताए।७५३ स्थानिय तह मै आयोगले काम गर्न सक्नु पर्ने तथा अन्तर आयोग समन्वयका काम जिम्मेवारी पुरा गर्नुपर्ने गर्नुपर्ने बताए।
कार्यक्रममा नेपाली समाजमा विद्यमान हानिकारक अभ्यासको वर्तमान अवस्था र न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका बारेमा राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले प्रस्तुतिकरण गर्नु गरेकी थिइन।
कार्यक्रममा सुनवल वडा नं १ का वडाध्यक्ष मानबहादुर थापा,५ का अध्यक्ष नेत्र प्रसाद शर्मा तिवारी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी,सामाजिक विकास समिति संयोजक भगवती बस्याल,कानुनी सल्लाहकार तथा अधिवक्ता मित्रलाल लामिछाने,दुर्गा पाण्डे,कमला गौतम, सुमित्रा भट्टराई ,दिलकुमारी बुढा मगर लगायतले आ-आफ्ना भनाई राखेका थिए।
कार्यक्रममा माननीय सदस्य विधा कुमारी सिंहले निशुल्क हेल्पलाईन नं ले दुरदराजमा रहेका महिलाहरुको उजुरी दर्ता गर्न एउटा माध्यम रहेको भन्दै पीडित महिलालाई न्याय दिने काममा आयोग लागेको बताइन। कार्यक्रममा उठेका सुझावलाई सरकार समक्ष पुराउने र झकझाकाउने बताइन।