कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले हरेक क्षेत्रबाट संरक्षणलाई जोड्यौ भने वनबाट धेरै लाभ लिन सकिने बताउनुभयो । वनसंगका विभिन्न कारोवार र कार्यहरुलाई पारर्दशि रुपमा काम गर्दा लाभान्वित हुने बताउदै उहाले नियम तथा कानुनहरुको पालना गर्दै वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने हामी सम्पुणर्को दायित्व रहेको बताउनुभयो।
कार्यक्रममा सुनवल वडा नं ४ का वडाध्यक्ष बाल कृष्ण पङ्गेनी, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रदेश सचिव होम बहादुर पुन , डिभिजनल प्रमुख महेन्द्र राज वाग्ले लगातयले बैज्ञानिक वन व्यवस्थापनलाई आत्मसाथ गर्दै वनलाई प्रयोग मात्र नभई उपयोग र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
लुम्विनी प्रदेश सरकारले वन ऐन २०७८ र नियमावली २०७९ अनुसार तथा वन सम्वर्धन प्रणालीमा कार्यविधि २०७९ लाई मार्गदर्शन गरी सामुदायिक वन अगाडी बढेको मूलपानी सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले बताउनुभयो । उहाले संवर्धन प्रणाली अनुसार धोद्रो,बुढो रुखहरु काटेर नया रुखहरुलाई जेनेरेसन गराएर र कार्यविधिले निर्दिष्ट गरे अनुसार काम अगाडी बढाएको बताउनुभयो । वन सम्बद्र्धन प्रणाली लागु भएका सामुदायिक वनमा मात्र यो कार्यक्रम लागु हुने उहाको भनाई छ ।
पुराना र काम नलाग्ने रुखहरु काटेर उपभोक्ताहरुलाई उपभोग गर्न र विक्रि वितरण गरी राजश्व आम्दानी गर्ने तथा नया विरुवाहरुलाई उमार्नेका लागी वैज्ञानिक वन रहेको र यसले वनको दिगो विकास सम्भव रहेको तथा यस भित्र काटछाट, एक्लाउने, पत्लाउने, थिनिगं लगायतका कार्य गरिने अध्यक्ष पाण्डेले बताउनुभयो ।
वैज्ञानिक वन व्यवस्थापनले काठ दाउरा सहज तरिकाले प्राप्त गरेको ,राजश्व बृद्धि, रोजगारी, महिला शशक्तिकरणका कार्य भएको बताउदै उहाले वन नियमावलीलाई मिचेर जथाभावि रुपमा रुख काटेको भए त्यसो गर्न नहुने बताउनुभयो ।
हरेक वर्ष योजना अनुसार काट्ने रुख,काट्ने क्षेत्रफल,किटान गरेर जिपियस लिएर र वन कार्यालयबाट स्विकृति लिएर मात्र व्यवस्थित रुपले काट्न पाईने अध्यक्ष पाण्डेले बताउनुभयो।वन नियमावली अनुसार कार्ययोजना अनुसार पारदर्शी हिसावले काम गर्नुपर्ने उहाको भनाई छ ।
वनले आफ्नो आम्दानीको करिव ४० प्रतिशत वन सम्र्वधन र व्यवस्थापन तथा अरु गरिवी निवारण, आयआर्जन बृद्धि, सामािजक विकासका लागी खर्च गरेको पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
अध्यक्ष पाण्डेका अनुसार ३२९.५२ हेक्टर क्षेत्रफल फैलिएको मुलपानी सामुदायिक वनको ८० वर्षे कार्ययोजना अनुसार ८ वटा प्लटमा छुट्याइएको र अहिले पहिलो प्लटको १० वर्षको काम गरिएको छ ।
वालि चके्र ८० वर्षको हुने र ८० वर्षमा एउटा प्लटबाट १० वर्षे रुख काट्ने गरी कार्ययोजना बनाएर अगाडि बढेको उहाले बताउनुभयो।यस सामुदायिक वनबाट हाल ६१७ घरधुरीका ३ हजार १८ जना लभान्भित भएका पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
सचिव समीक्षा सिँजापतिले कार्यक्रम संचालन गर्नूभएको थियो भने उपाध्यक्ष प्रभुलाल मौर्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।