ट्रेन्डीङ्ग

पशुपंक्षी पालन तथा कृषि समूह बडेराको दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुनवल।सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरा बताएका हुन।

कार्यक्रममा ध्यान्याञ्चल मावी सुनवलका व्यवस्थापन समिति अध्यक्ष सुर्य न्यौपानेले छिमेकी देशसंग प्रतिष्पर्धा गर्नु पर्ने अवस्थामा राज्यले आवश्यक कृषि नीति निर्माण गरी राज्यले अपन्त्व लिएर कृषिमा लगानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो।स्थानीय तहले पनि कृषक लक्षित उत्पादनमा आधारित अनुदान छुट्याउनु पर्नेमा उहाको जोड थियो।सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानकी श्यामकला भण्डारीले कृषिमा परम्परागत भन्दा आधुनिक प्रविधिलाई व्यवहारीकतामा ल्याउनु पर्ने बताउनुभयो।

सुनवल वडा नं. १३ नेपाली काङ्गेस अध्यक्ष शोभाखर पान्डेयले वास्तविक कृषकलाई अनुदान वितरण हुनुपर्नेमा जोड दिनुभयो ।
जनशक्ति सहकारीका अध्यक्ष नारायण प्रसाद तिवारीले युग अनुसारको पशुपंक्षी पालन गर्नुपर्ने उन्नत जातका बीउ बिजन र पशुपक्षी वितरण गर्नुपर्ने बताउनुभयो।

सशत्र बनका प्रमुख महेन्द्र रेग्मीले अनुदान वितरण गरिएका कृषकका गोठमा पशुपंंक्षी नभेटिने गरेको भन्दै पहुचको आधारमा नभइ कामको आधारमा पहिचान गरेर मात्र अनुदान दिनुपर्ने बताउनुभयो।कार्यक्रममा प्रमुख अतिथि सुनवल वडा नं १३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद बगालेले व्यक्तिगत नभइ सामुहिक लगानी गरि अगाडि बढ्नु पर्ने र कृषकलाई व्यवसायी लक्षित तालिमको आयोजना गर्नु पर्ने बताउनुभयो।

संस्थामा आबद्द कृषकलाई अनुदानबाट गाईभैंसी वितरण ,गोठ सुधार कार्यक्रम,म्याट वितरण,दाना बनाउने मेसिन,पानी तान्ने मोटर,दाना पराल ,औषधि वितरण गरिनुका साथै आवश्यक कृषि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष गंगाराम गैह्रेले बताउनुभयो।संस्थाकै लगानीमा दुधडेरी पनि संचालन गरिएको अध्यक्ष गैह्रेले जानकारी दिनुभयो।

नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय,नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विक्रेन्तिकृत आयोजनाको आयोजना र पशु पंक्षीय कृषि समुह बडेराको उपआयोजनामा कार्यक्रम सम्पन्न भएको हो।पशुपंक्षी पालन तथा कृषि समुहमा २२ जना कृषक आबद्ध रहेको संस्थाका सचीव घनश्याम आले बताउनु भयो।नेपाल सरकार कृषि तथा पशुपक्षी बिकास मन्त्रालय नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना विक्रेन्तिकृत आयोजना सहयोग इकाई बुटवलको पुरक अनुदानमा आधारित “स्वच्छ दुध उत्पादनका लागि उन्नत पशुपालन” कार्यक्रमको दोश्रो सार्वजानिक सुनुवाई कार्यक्रम गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?