ट्रेन्डीङ्ग

बर्दघाट मेला पुष १ गतेदेखि हुने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा पुष १ गतेदेखि छैठौ बर्दघाट कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ सञ्चालन हुने भएको छ।

बर्दघाट उद्योग वाणिज्य संघको आयोजनामा हुने मेला यही पौष १ गते देखि ११ गतेसम्म बर्दघाटको हरियाली नगरमा मेला सञ्चालन गर्ने बुधबार बर्दघाटमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले मेलाको तयारी तीव्र पारिएको बताउदै।कृषि,पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्र्धन गर्न,यस क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल र जैविक विविधताको संरक्षण गर्ने लक्ष्यका साथ मेला आयोजना गरिएको बताउनुभयो।आर्थिक तथा सामाजिक विकास गर्न एकैथलोबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारसम्म औद्योगिक लघु उद्यम तथा कृषि र अन्य उत्पादनहरुको बजार विस्तार गर्न उपभोक्तालाई मुलुक भित्रै किनमेल गर्ने बानिको विकास गराउन मेलाले टेवा पुर्याउने उहाको भनाई थियो।

उपभोक्ताबीच स्वदेशी उत्पादनको पहिचान,उद्योगी व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरुको चाहना जानकारी उत्पादन तथा सेवा प्रति विस्वास अभिवृद्धि गर्ने,राष्ट्रिय स्तरमा उत्पादनको बजार प्रवद्र्धन गर्ने,देशभरिका व्यवसायीहरुबीच आपसी समन्वयको भावना जागृत्त गराउने, व्यवसायीहरुबीचको अवसर,समस्या र चुनौतिबारे अन्तृक्रिया गर्ने,कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने,कृषि,लघु तथा घरेलु उद्यमहरुको बजार प्रवद्र्धन गर्ने,यस क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने मेलाको मुख्य उद्देश्य रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो।

करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको उक्त व्यापार मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा,साना तथा घरेलु उत्पादन,जडिबुटी तथा कृषि उत्पादन,औद्योगिक मेसिनरी तथा उपकरण,हस्तकला उत्पादन,अटोमोबाईल्स,ईलेक्ट्रिकल्स,मोवाईल सूचना प्रविधि,फर्निचर तथा फर्निसिंगको सामग्री,निर्माण सामग्री,शैक्षिक,स्वास्थ्य,बैंक तथा वित्तिय संस्था,होटल तथा रेष्टुरेण्ट,बालउद्यान,राष्ट्रिय तथा स्थानीय कलाकार सहित स्थानिय भाषा,धर्म,कला साहित्य र भेषभुषाको प्रदर्शनी रहने आयोजकले जनाएको छ।

करिब दुई सय स्टल रहने उक्त मेलामा करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।मेलामा स्टल राख्न बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीलाई ७० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अपांगता भएका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ।विद्यार्थीलाई टिकटमा सहुलियत दिईनेछ भने कृषि र महिला उद्यमीलाई स्टल निःशुल्क प्रदान गरिने बर्दघाट उद्योग वाणिज्य संघका महासचिव दिनेश न्यौपाने बताउनु भयो।

मेला सञ्चालनका लागी अनुमानित ६० लाख खर्च हुने अनुमान गरिएको सो  मेलामा सुरक्षाको लागी ३ तहको सुरक्षा सहित सिसि क्यामेराको पनि व्यवस्था रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। –बर्दघाटको मेला अन्यौलमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?