ट्रेन्डीङ्ग

बर्दघाटको मेला अन्यौलमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गर्ने भनिएको मेला अन्यौलमा परेको छ।

अयोजक बर्दघाट उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेका व्यक्तिमा मेला लगाउने र नलगाउने भन्ने विषयमा मतभेद रहेका कारण मेला अन्यौलमा परेको हो।

संघका बरीष्ठ उपाध्यक्ष राजु पाण्डे,उद्योग उपाध्यक्ष राजु न्यौपाने,लेखा समिति संयोजक सन्दिप पौडेल लगायत व्यक्तिहरु मेला नलगाउने पक्षमा रहेका छन।

जाडो मौसम सुरु हुदै गरेको आवस्थामा मेला लगाउदा आफुहरुको व्यापार व्यवसाय चौपट हुने र बाहीरका व्यापारी मार्फत स्थानिय पुजि पलायन हुने भन्दै बर्दघाटका व्यापारीहरुले मेला रोक्न आग्रह गर्दै संयुक्त रुपमा हस्तारक्षर गरी नगरमा ध्यानाकर्षण पत्र बुझाएका छन।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले केही साथिहरु बैठकमा उपस्थिति हुने र सहमति गर्ने तर बाहीर आएपछि फरक कुरा गर्ने गरेको बताउनु भयो।

उहा भन्नुहुन्छ-“हामी मेला लगाउने विषयमा स्थानिय सरकार र प्रशासनसंग छलफल गरीरहेको छौं।बर्दघाट नगरपालिकाका प्रमुखसंग कुरा भएको छ र उहाले मौखिक अनुमति दिनुभएको छ।”अध्यक्ष न्यौपानेले मेला लगाउन अनुमति पाएको बताए पनि नगर प्रमुख श्रेष्ठले भने अनुमति दिइनसकेको बताउनु भएको छ।

समिति भित्रकै पदाधिकारीले मेला लगाउनु जायज छैन भनि निवेदन दिइसकेको अवस्थामा पर्याप्त छलफल र साझा सहमति कायम हुदा नगरलाई अनुमति दिन सहज हुने बताउनु भयो।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले सिफारीस दिने वा नदिने नगर प्रमुखको अधिकार क्षेत्र भएको बताउनु भयो।उहा भन्नुहुन्छ-“मेरो व्यक्तिगत राय भने अहीले व्यापारीहरु आर्थिक चपेटामा परेकाले मेला लाएर स्थानिय पुजि बाहीर जाने हुदा मेला लगाउन उपयुक्त हुदैन।”

हरेक वर्ष स्थानिय व्यापारीले गुनासो गरीरहदा कुनै पनि सुनवाई नभएकोले व्यापारीक हक हितका लागी काम गर्ने उद्योग वाणिज्य संघ व्यापारीहरुको विरुद्धमा गइ मेला लगाउन ठिक नहुने संघका बरीष्ठ उपाध्यक्ष राजु पाण्डेले बताउनु भयो।

उहाले मेला ठेक्कामा दिने र निश्चीत रकम संघले लिने कार्यको अन्त्य हुनुपर्ने बताउदै व्यापारीहरुको अपनत्व हुने गरी संघ आफैले मेला आयोजना देखी व्यावस्थापन सम्मको सबै काम गर्नुपर्ने धारण व्यक्त गर्नु भयो।

संघका अध्यक्ष न्यौपानेले पदाधिकारीहरुले बैठकमा सहमति जनाई हस्ताक्षर गर्ने र बाहीर विरोध गर्ने बताइरहदा संघका उद्योग उपाध्यक्ष राजु न्यौपानेले मेला लगाउने सन्दर्भमा आफ्नो विमति रहेका भन्दै मेला लगाउने निर्णयमा हस्ताक्षर नगरेको दावि गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?