ट्रेन्डीङ्ग

पाल्हीनन्दनमा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपलिकामा लैङ्गिक हिंसा अन्त्य गर्नका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ।समाजमा बढदो लैङ्गिक हिंसा अन्त्य र त्यस प्रति महिलाहरु सचेत गराउन पाल्हीनन्दन गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम थप शसक्तिकरण र सचेतीकरणका कार्य गरेको हो।

गाउँपालिकाद्धारा संचालित लंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत मंगरबार गाउँपालिकाको आयोजना र श्री लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा अन्तक्रिया कार्यक्रम गरि लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्ने उपाय बारे छलफल गर्र्दै यसबाट बच्न अपनाउने सावधानीका बारेमा चर्चा गरिएको थियो ।

सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्ध अभिया भन्ने मुलनाराका साथ पाल्हीनन्दन गाउँपालिका ३ नंं वडाको सभाहलमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रमको कार्यक्रमकि प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष फातुमा खातनु अंसारी (सकिना)ले ब्यानर पढेर विधिवत रुपमा कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिा उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना) ले समाजमा बढदो लैङ्गिक हिंसा न्युनिकरण गर्न हामी सबै सक्रिय भएर लाग्ने र प्रचलित कानुनी बाटो अपनाउनु पर्ने आजको आवश्यक्ता रहेको जिकिर गर्नु भयो ।

कार्यक्रममा अतिथि पुर्व गाउँपालिका उपाध्यक्ष पावित्रिदेवी कोहार,वडा ३ का अध्यक्ष गोधन प्रसाद हरिजन,वडा सचिव सुमन यादव लगायतले मन्तब्य राखेका थिए।कार्यक्रममा वडा ३ का महिला र विभिन्न सरोकारवाला निकायबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । लैगिक हिंसा अन्त्यका लागि सबैले हस्ताक्षर गरि प्रतिबधता जनाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?