ट्रेन्डीङ्ग

नवलपरासी काँग्रेसमा गुटगत राजनीति सक्रिय हुदै

परासी।नेपालि काँग्रेस पश्चिम नवलपरासीमा गुटबन्दीको राजनीति सक्रिय भएको छ।नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापति अर्जुन कुमार पोखरेलले क्षेत्र न २ का उपसभापति यामप्रसाद भुषाललाई का.वा.क्षेत्रीय सभापती(प्रतिनिधि सभा)को जिम्मेवारी दिइएको विषयमा लिएर विवाद भएपछी गुटबन्दीको राजनीति सक्रिय भएको हो।

क्षेत्रीय सभापती माधव प्रसाद पाण्डेले पार्टी विधान विपरीत कार्य गरेको भन्दै अनुशासन समितिको सिफारिसमा निलम्बित गरेको थियो।त्यसैले रिक्त पदमा कार्यबाहक सभापति भुसाललाई दिएको जिल्ला सभापति अर्जुन प्रसाद पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन।विज्ञप्ति:
त्यसैगरि अर्को पक्षले विज्ञप्ति जारी गर्दै”नेपाली कांग्रेसको विधान २०१७ (संसोधित) २०७५ को दफा ३४ को उपधारा ४ ख को हवाला दिदै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापति माधव प्रसाद पाण्डेयलाई निलम्वन गरि यामप्रसाद भुषाललाई का.वा.सभापतिको जिम्मेवारी दिइएको भन्ने पत्र गुटगत र पूर्वाग्रही भावनाले ग्रसित मानसिकताको उपज भएको आरोप लगाएका छन।

विज्ञप्तिमा भनिएको छ विधानमा उल्लेखित दफा निर्वाचन अवधिमै मतदानको दिन भन्दा अगाडिनै कार्यान्वयन हुने दफा हो।तर निर्वाचन सकिएको २ महिना पछि कारवाहीको नाटक गर्दै नेपाली कांग्रेसलाई कमजोर बनाउने र विपक्षलाई बलियो बनाउने षडयन्त्रका गरिएकोले नेता तथा कार्यकर्ताहरूले समयमै सत्यतथ्य बुझिदिन आग्रह गर्दै जिल्ला अनुशासन समितिलाई कारवाहीका लागि केन्द्रमा सिफारिस गर्ने मात्र अधिकार भएको तर कारवाही गर्ने अधिकार नभएको हुँदा यस्तो कार्य प्रति कोही कसैलाई भ्रम नपर्ने आग्रह गर्दै केन्द्रद्वारा जिल्लामा कसैलाई पनि कारवाही नभएको विषयमा जानकारी गराएको छ।क्षेत्रीय कार्य सभापतिमा माधव प्रसाद पाण्डेयनै कायम भएको हुँदा पार्टीलाई कमजोर बनाउने तत्वसँग सावधान रहन अपिल गरेका छन।

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसमा केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल र संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल गुट सक्रिय छ।निलम्बन सभापति माधव प्रसाद पाण्डेय कण्डेल गुटका हुन भने कार्यवाहक सभापति याम प्रसाद भुसाल खनाल निकट मानिन्छन ।पाण्डेयले स्थानीय निर्वाचनमा कांग्रेस उम्मेदवार हराउन चलखेल गरेको आरोप समेत लागेको कांग्रेस नेताले बताए।

:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal