
परासी।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादि)नवलपरासीले उम्मेदवारीको नामावली सिफारिस गरेको छ।
नेकपा(एस)नवलपरासीको आज बसेको बैठकले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नामावली सिफारिस गरेको हो।
एसले जिल्लामा संघीय निर्वाचन क्षेत्र १ प्रतिनिधि सभाका लागी रुक्मांगद ज्ञावाली,कुल प्रसाद शर्मा,लक्ष्मी भुसाल,दयालाल भुसाललाई सिफारिस गरेको छ।भने त्यसैगरी संघीय क्षेत्र प्रदेश १(क)मा बृहस्पति अधिकार,शुशिला देवकोटा,टंक खनाल,शोभाखर भुसाललाई सिफारिस गरेको छ।संघिय निर्वाचन प्रदेश १(ख)का लागि इन्दिरा बडाल,पंफा अर्याल,बाबुराम चमार,शिव गैह्रेलाइ
सिफारिस गरिएको छ।
त्यस्तै संघीय प्रतिनिधि सभा क्षेत्र २ को लागि मेनका मल्ल,राम बहादुर क्षेत्री,मान बहादुर राना,प्रलाद पासी सिफारिस गरेको छ भने प्रदेश २(क)का लागि प्रकाश भट्टराई,सीता पोखरेल,अर्जुन सुनार टेक बहादुर रानालाई सिफारिस गरिएको छ भने प्रदेश २(ख)उम्मेदवारको टुंगो लगाउन बाकी रहेको युवा संघ नेपाल केन्द्रिय सचीव एव लुम्बिनी प्रदेश अधक्ष्य प्रकाश भट्टराईले बताए।
पार्टीको केन्द्रीय निर्णय अनुसार उम्मेवारको नामावली सिफारिस गरिएको हो।जिल्लामा गठबन्धनका दलहरु बीच छलफल चलिरहेको र तालमेलका बारेमा पछी टुंगो लगाउने भट्टराईले बताए।
सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको छ।