ट्रेन्डीङ्ग

युवा संगठनद्वारा उदयपुरमा बेरुजु रकम र एमसिसी सम्झौता विरुद्ध प्रदर्शन

भदौ २२ उदयपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल उदयपुरले गाइघाटमा बिरोध प्रदर्शन सम्पन्न गरेको छ । आर्थिक बर्ष२०७७/७८ को बेरुजु रकम तथा एमसीसी सम्झौताको विरुद्धमा बिरोध प्रदर्शन गरेको छ ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगर सेक्रेटरी देहज बिस्ट्ले
गरेका थिए ।

बिरोध कार्यक्रम सम्बोधन गर्दै देहज बिस्टले”देउवा सरकारको गृहप्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफुहरु नडराउने बताए ।

देहजले एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको भन्दै उनले भने देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको उद्घोष गरे र महालेखा परिक्षकको बेरुजु रकमको सत्यतथ्य सार्वजनिक गर्न माग समेत गरे ।

रास्ट्रघाती एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाई गाउँ-गाउँबाट कालोमोसो दलेर कारवाही गर्ने चेतावनी दिए। ५५ अर्बमा देश बेच्ने दलालहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्छ संसदीय व्यवस्था पूर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताए । संसदीय सरकार विघटन गरेर प्रगतिशील संयुक्त सरकार गठन गरि जनमत सङ्ग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ ।

जनतालाई आतङ्कित पार्दै एमसीसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने बताए।उनले मातृभूमिमाथि अमेरिकी साम्राज्यवादको आतङ्कको विरुद्ध आफूहरू जेल,हिरासत मात्रै नभई आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताए।

बिरोध प्रदर्शनको कार्यक्रम संचालन निसान कटुवालले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?