ट्रेन्डीङ्ग

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

  • सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह
  • चितवन।नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो।तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि अबरुद्ध भएको हो।

     

    पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ।सडकमा गाडीको लामो लाइन रहेको छ।सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह


    छ।

     

    संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ।ठाउँ ठाउँमा बारम्बार पहिरो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ।

     

    पहिरो पञ्छाएर केही बेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन।गएको बिहीवार यता यो सडक मुश्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ।

     

    यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय,भरतपुरले जनाएको छ।

     

    अहिले समस्या ल्याइरहेको तुइनखोला नजिकको पहिरो नयाँ हो र यसले धेरै दुःख दिन थालेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?