
पश्चिम नवलपरासी। राष्ट्रिय आवास कम्पनीका पुनर्वास प्रमुख महेन्द्र थापामाथि नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल ५ नं. ब्यूरोले कालोमोसो दलेको छ । संगठनका ५ नं. ब्यूरोल संयोजक मिलन थापाले सार्वजनिक गरेको विज्ञप्ति अनुसार महेन्द्र थापाले पुनर्वास परियोजनासम्बन्धी काममा व्यापक अनियमितता, ढिलासुस्ती र घुस-कमिशनसम्बन्धी गतिविधि गरेको आरोप लगाइएको छ।
संगठनका अनुसार स्थानीय स्तरमा बस्ती सार्ने, जग्गा वितरण गर्ने, योजनाका लाभार्थी पहिचानमा मनपरी, दलालसँग मिलेमतो तथा नागरिकले पाउनुपर्ने सेवा अबरुद्ध पारेको जस्ता कामले जनगुनासो बढेको भन्दै ‘जनकारबाही’ गरिएको उल्लेख छ।
विज्ञप्तिमा नवलपरासी पश्चिमका विभिन्न स्थानमा पुनर्वास र आवास योजनाको नाममा थापाले वर्षौंदेखि भ्रष्टाचार र दुरुपयोग गर्दै आएको आरोप लगाइएको छ।विशेष गरी बर्दघाट नगरपालिका-२ चिसापानीमा निर्माधानि रहेकोको ट्रमा सेन्टर निर्माणका लागि दिइएको जग्गा बेचबिखन गरको,अख्तियारको दुरुपयोग गरी कम्पनीमा श्रीमती र भाउजुलाई जागिर खुवाएको र विभिन्न क्षेत्रका योजनाहरूमा अनियमितता भएको संगठनको दाबी छ। त्यसैगरी थापाले मनपरी शैलीमा काम गर्दै गैरकानुनी रूपमा रकम उठाएको तथा पीडितहरूको सुनुवाइ गर्न इन्कार गरेको भन्दै संगठनले कारबाही गरेको जनाएको छ।
संगठनले आवास कम्पनीका प्रमुख कार्यालयदेखि स्थानीय तहसम्म अवरोध सिर्जना हुने गरी भएको अनियमितता अन्त्य गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ। विज्ञप्ति: 











