ट्रेन्डीङ्ग

बलात्कार घटनामा सरकार उदासिन:निर्मला क्षेत्री

अनिल नेपाली ,अर्घाखाँची १९ फाल्गुन। लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस संसदिय दलका सचेतक निर्मला क्षेत्रीले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको बताएकी छिन् । उनले महिला हिंसा र बल्तकारका घटनामा सरकार सक्रिय रुपमा काम गर्न नसकेको आरोप लगाइन् ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाट कार्यक्रममा महिला नेतृ क्षेत्रीले काङ्ग्रेस बिना लोकतन्त्र र लोकतन्त्र बिना राज्यको बिकास समृद्धि हुन नसक्ने दाबी गर्दै कम्युनिस्ट हरुले केही प्रगती गर्न नसक्ने बताइन ।

पछिल्लो समय पश्चिमका २५ जिल्लामा पुगेर आएकी नेतृ क्षेत्रीले महिला हिंसाका पिडक हरुले संरक्षण पाउने क्रम पनि बढ्दो रहेको बताएकी छन । महिलाहरु देश भरी असुरक्षित महसुस गरेको भन्दै उनले आर्थिक अभाब र प्रलोभनमा महिला हिंसाका घटना लुकाउने र दवाउने क्रम पनि बढ्दो रहेकोमा चिन्ता ब्यक्त गरिन ।

काङ्ग्रेस लाई बत्ती बालेर खोज्नु पर्छ भन्ने कम्युनिस्टहरु अहिले हात जोडेर काङ्ग्रेसलाई ढोग्ने अबस्थामा पुग्नु काङ्ग्रेस बिना केही च्ल्देन भन्ने कुराको दरिलो प्रमाण भएको उल्ल्ख गरिन ।पछिल्लो समय पश्चिमका २५ जिल्लामा पुगेर आएकी नेतृ क्षेत्रीले बताइन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?