ट्रेन्डीङ्ग

आधुनिक प्रविधिकोे युग सँगै कम्पयुटर शिक्षाको आबश्यकता बढ्दै गएको छ:उपप्रमुख विक

अनिल नेपाली,२७ माघ,अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा दलित विशेष कार्यक्रम अन्तर्गत कम्प्युटर सम्बन्धी ३ महिने डिप्लोमा तालिमको आज एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गदै सन्धिखर्क नगरपालिका नगर उपपप्रमुख ठाकुर कुमार विक किशोरले अहिलेको युग भनेको विज्ञान प्रविधिको युग भएकोले तालिममा सिकेका सीपलाई व्यहारमा लागू गरि स्वरोजगारका बन्नको लागि आग्रह गर्नुभएको थियो।                                        कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले विज्ञान प्रविधिको युग सँगै कम्प्युटर शिक्षाको अनिवार्य आबश्यकता बढ्दै गएकोले सिकाईलाई उपलब्धीमुलक बनाउनको लागि आग्रह समेत गर्नुभएको थियो ।                                                                       कार्यक्रममा आईटी इन्जनियिर विशाल महतले आधुनिक प्रविधिको युग भएकोले तालिमलाई उपलब्धी मुलक बनाउनको लागि समेत आग्रह गरे कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार विककोे अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको आतिथ्यता महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापा लगायतका जनप्रतिनिधि र प्रशिक्षार्थी लगायतको आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal