
माेहन निवाङ,माघ २७,पाल्पा । पाल्पाको तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्नुपर्ने भन्दै चार राजनीतिक दलले संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी,राष्ट्रिय जनमोर्चा,नेकपा (क्रान्तिकारी माओवादी),नेकपा(माले) सहित तिन दलको संयुक्त मोर्चाले तानसेनमा विरोध प्रदर्शन गरेका हुन् ।
एमसीसी सम्झौता राष्ट्रघाति भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकारसँग समानान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो राष्ट्र हुने बताउदै यस अघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रामपुरमा रहेको एमसीसिको क्षेत्रीय कार्यलय हटाउन समेत चेतावनी दिदै पत्र बुझाएको थियो । अहिले नेपाल सरकारले निर्णायार्थ प्रस्तुत गर्न लागि रहेको हुँदा उक्त सम्झौताका विरुद्ध चर्को आवाज उठाइ रहेको छ र नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य धिरेन्द्रा उपाध्याय ( अपेक्षा) ले एमसिसि कुनै पनि हालतमा नेपाली जनताको पक्षमा नभएको बताउनुभएको छ र के पि वलि प्रचण्ड सेर बहादुर देउवा भित्र भित्र एमसिसि को पक्षमा मिलेको बाहिर झगडा गरि रहेको र भित्र मिलेर एमसिसि को बारेमा सबै डिल गरिरहेकाे समेत बताउनुभएको छ । त्यसै गरि आगामी चुनाव सम्म एमसिसि को मुद्दा टाल्नको लागि र जनताको आँखामा धुलो छर्किएर पाँच महिना सम्म एमसिसि को मुद्दा टाल्न चिट्ठी सम्म लेखी सकेको नेकपा कि केन्द्रीय सदस्य अपेक्षाले भन्नू भएको छ । यस्तै उक्त विरोध कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि,नेकपा क्रान्तिकारी माअाेवादी का सचिव लिला श्रेष्ठ,नेकपा मालेका अध्यक्ष धनराज पाैडेले लगायतले सम्बाेधन गरेका थिए ।