ट्रेन्डीङ्ग

एमसिसी सम्झौता विरुद्ध हेटौंडामा बिरोध प्रदर्शन

माघ २५,मकवानपुर।एमसिसी सम्झौता विरुद्ध हेटौंडामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित अन्य चार पार्टी र विभिन्न पाँच संघसंस्थाहरुको संयुक्त आयोजनामा भएको हो।

कार्यक्रममा पार्टी तथा संघसंस्थाका नेता कार्यकर्ताका साथै सर्वसाधारण जनताको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सदस्य गुण सिंह रुम्बाले अमेरिकाको प्रलोभन र दवाबमा पारेर राष्ट्रघाती सम्झौता पारित गर्ने कुचेष्टा नगर्न सम्बन्धित सबैमा खबरदारी गरेका छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चा मकवानपुरका इन्चार्ज रामहरि धितालले पनि एमसिसी सम्झौता नेपाली जनता र देशको अहितमा रहेकोले कुनै पनि हालतमा पारित नगर्न आग्रह गरेका छन्।

कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुरका अध्यक्ष सतार अन्सारी सद्दामले पनि आफ्नो भनाई राख्दै भोली बुधबार पनि मकवानपुर सहित देशैभर विरोध प्रदर्शन कार्यक्रम हुने भएकोले उपस्थितिको लागि सबैमा अपील गरेका छन।

हेटौंडाको सीमा चोकमा भएको कोणसभा कार्यक्रमको सञ्चालन वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव एदु कुमार विश्वकर्माले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal