ट्रेन्डीङ्ग

सरकारले जनताको पक्षमा काम गर्नुपर्ने:संयुक्त राजनितिक दल

अनिल नेपाली, २४ माघ,अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले बर्तमान व्यबस्था देशमा रहेसम्म नेपालमा नेपाली जनताले निकास पाउन नसक्ने बताउदै प्रगतिशिल सरकार देशमा आवश्यक  रहेको बताउनुभएको छ।

नेकपा निकटका जनबर्गीय सगठनले आयोजना गरेको पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि विरुद अन्तरक्रिया कार्यक्रमलाई सोमबार सन्धिखर्कमा सम्बोधन गदै नेता घर्ती यस्तो बताउनुभएको हो । नेता घर्तीले बर्तमान सरकारले देशमा जनताका पक्षमा कुनै काम गर्न नसकेको बताउदै बर्तमान सरकार बनेपछि ६ पटक सम्म पेट्रोलियम पदार्थमा गरिएकोे मुल्यबृद्धिले जनता आघात बनेको बताउदै बर्तमान सरकार जनताको पक्षमा नरहेको बताए ।


नेता घर्तीले राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षमा राजनितिक दलले कोठे योजना बनाउनुभन्दा जनताले देख्ने योजना बनाएर जिल्लाबाट सुरुवात गरेर एमसिसि बारे कठोर कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिब शम्मु प्रसाद पोख्रेलले बर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बताउदै सरकारले जनतालाई दुखमात्र दिएको बताउदै राष्ट्रियता जनतन्त्र र जनजिविका पक्षमा आफुहरु नेकपासँग एकमत रहेको बताउदै बर्तमान सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिनुपर्ने एमसिसि बारे सरकारले स्पष्ट धारणा बनाएमा एमालले ठोस योजना बनाउने बताए।

नेपाली काँग्रेसका जिल्ला सचिब कृष्ण प्रसाद खनालले सरकारले पेट्रोलियम पदार्थ बारे ठोस निति बनाएर जानुपर्ने बताउदै आयल निगममा नितिगत भ्रष्टाचार भएको बताउदै छानविन गरेर कारबाही  गनुपर्ने बताए ।

नेकपा माओबादी केन्द्रका नेता देब बहादुर खड्काले सरकारले अन्याय अत्चार भ्रष्टाचारका घटना देशमा बढेकोले त्यसको न्युनिकरण गर्नको लागि ठोस कदम चाल्नुपर्ने बताउदै पेट्रोलियम  पदार्थ बारे ठोस निति बनाएर जानुपर्ने बताए ।


नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष राम बहादुर चौहानले बर्तमान सरकार प्रतिगमनलाई प्रारस्थ गरेर लोकतान्त्रिक बामगठबन्धन सहितको सरकार बनेकोले जनताप्रति पूर्ण जिम्मेबार रहेको बताउदै नितिगत भ्रष्टाचार रोक्नका लागि ठोस कदम चालेर मुलुकमा बढेको महङ्गी  भ्रष्टाचार अन्याय अत्यचार बारे निर्णय लिनुपर्ने बताउदै राष्ट्रियता स्वाधीनता जनतन्त्र जनजिविकाको सबालमा आफुहरुको एकमत रहेको बताए।

जनता समाजबादीका नेता पुष्कर आचार्यले बर्तमान सरकारले पेट्रोलियम  पदार्थमा गरेको मुल्यबृद्धि तुरुन्त फिर्ता लिनुको विकल्प नरहेको बताए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य देबी बहादुर खड्का राष्ट्रिय जनमोर्चाका नेता भिमलाल आचार्य परिबार दलका जिल्ला अध्यक्ष डिल्लीराज भुसाल उधोग बाणिज्य सघका उपाध्यक्ष जिवलाल बन्जाडे , चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ नागरिक समाजका अध्यक्ष नन्दलाल पोख्रेल ईन्सेक प्रतिनिधि कुल बहादुर नेपाली लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै बर्तमान सरकारले गरेको पेट्रोलियम  पदार्थमा मुल्यबृद्धि फिर्ता लिए जनताको पक्षमा राष्ट्रिय स्वाधीनता जनजिबिका पक्षमा जनतन्त्रको पक्षमा काम गनुपर्ने बताए ।

कार्यक्रम अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काको अध्यक्षता जनपत्रकार सगठन नेपालका केन्द्रिय सदस्य तथा प्रदेश सचिब अनिल नेपालीको सञ्चालन मगर मुक्ति मोर्चाका केन्द्रिय सदस्य सागर पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जनबर्गीय सगठनका प्रमुख प्रतिनिधि शुभेच्छुक बृद्धिजिवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेकोे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal