
हाम्रो स्याङ्जा कति राम्रो सुन्तलाको खानी
विद्वान र कलाकारको जनता पनि धनी
स्वर्ग जस्तो लाग्छ मलाई सुन्तलाको सहर
स्याङ्जालिको जागर देख्दा लाग्छ मलाई रहर
आनुहोस साथि-भाई स्याङ्जा हेर्न जाउ
चिन्न हुन्छ सुन्तला फल्ने टिप्ने ठाउ
बोली राम्रो सुन्तला मोल गर्ने नानिको
गाला राम्रो सुन्तला किनेर खानीको
स्वागत छ सुन्तला किनेर खानेलाई
हानी हुन्छ भट्टिको पानी खानिलाई
रसिला छन् स्याङ्जाका सुन्तला
चाख्यो भनी बिदेशले लैजाला
देशबिदेशबाट आनुहोस सुन्तलाको सहर हेर्न लाई
स्याङ्जालिले सकिन्छ कि नयाँ दुनिया फेर्न लाई
बस भन्दा कारमा हिड्नेले किन्छन्
ठुला पैसा तिनैले फाल्दिन्छन
कृषि गर्न एक भइ जुटौ है
जोश जागर सबैले झिकम है
रस दिन्छन् प्रकृतिले फुल्ने फल्ने सुन्तला
पशुपन्छी गाउँ छन आनन्द र मंगल
दमकुमारी बगाले
वालिङ-८ बगालथोक गेदिखोला,स्याङ्जा (उहाँ हाल ७१ वर्षकी हुनुहुन्छ। ६५ वर्षको उमेरमा पढ्न लेख्न आँफै सिकेर आफ्ना कविता मार्फत समाजलाई सही मार्गनिर्देशन गर्ने सुविचार प्रकट गर्ने व्यक्ति हुनुहुन्छ ।)