ट्रेन्डीङ्ग

अर्घाखाँचीमा क्रीकेट प्रतियोगिता हुने

माघ २०, अर्घाखाँची ।

सुवहानी युवा क्लब समाज, चिदिकाले आफ्नो वार्षिकोत्सब भव्य रुपमा मनाउने भएको छ। युवाहरुलाइ लक्षित गरि उक्त क्लबले चिदिकामा क्रिकेट लिग संचालन गर्न लागेको हो।

अर्घाखाँचीको चिदिकामा प्रधान कार्यालय रहेको उक्त क्लबले आफ्नो वार्षिकोत्सबको अवसर पारेर यहि माघको २५ गतेदेखि क्रिकेट खेलको आयोजना गरेको हो भने त्यसको लागि टिम दर्ता सोमबारसम्म गर्नेगरि आवेदन समेत खुल्ला गरिसकेको क्लबले जनाएको छ।

उक्त लिगको प्रथम पुरस्कार ५० हजार र द्वितीय हुनेलाइ २० हजार सहितको आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ।
मङ्गलबारदेखि सुरु हुन लागेको उक्त खेलमा सम्पूर्ण खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहने कुरा उक्त क्लबका अध्यक्ष अनिश सुबहानीले बताएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal