
मुक्ति गैरे,माघ १६, बुटवल।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिले पत्रकार माथि दुर्ववहार गरेको बारेमा दोषीलाई कार्वाहीकाे माग गरेको छ ।
गत माघ १४ गते साँझ विजयनगर गाउँपालिका वडा नं. ६ खडैचा, कपिलवस्तु जिल्लामा सञ्चालित ‘शिव इँटा उद्योग’मा बाल मजदुर प्रयोग गरिएको विषय सार्वजनिक भएपछि सत्यतथ्य बुझी समाचार संकलन गर्न पुगेका जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तु जिल्ला अध्यक्षसमेत रहेका जनलहर डटकमका सम्पादक अनिल थारु,बुटवल टुडेका कपिलवस्तु संवाददाता राम अवतार चौधरी र रेडियो शिवराज,कपिलवस्तुका प्राविधिक तथा रिपोर्टर घनश्याम भरलाई नेकपा एमाले कृष्णनगरका अध्यक्षसमेत रहेका इँटा उद्योगका सञ्चालक सन्दीप मौर्या र उद्योगका अर्का जिम्मेवार मुम्सी महताव (पप्पु) खानले गरेको दुव्र्यवहार तथा ज्यान लिनेसमेतको धम्कीप्रति ध्यानाकर्षण भएको बताएको छ।
जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष दिपेश विष्टले एक विज्ञप्ति जारी गर्दै भन्दै राजनीतिक आडमा हदैसम्म गिरेर गरिएको दुर्ववहार तथा ज्यानै लिने जस्तो अपराधिक धम्कीप्रति संगठनले घोर भत्र्सना,निन्दा र घृणा प्रकट गरेकाे छ । यस्तो अशान्ति, अराजक,अमर्यादित, अव्यवहारिक र असहिष्णु प्रकारको प्रवृत्ति र अभिव्यक्तिले समाजको समग्र विकासमा अवरोध सिर्जना गर्ने भएकोले सत्यतथ्य छानबिन गरी दोषिलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गरेको छ। विज्ञप्ति: