
माघ १४,प्रकाश थापा, धनगढी ।
जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश धनगढीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा तपसिल बमोजिमको ५ बुदे ज्ञापन पत्र बझाएको छ ।
ज्ञापन पत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुदा आफ्नो नितिनिर्णयमा लागु गरि अगाडी बढने र यसमा सबै पत्रकार साथीहरुले साथ दिनु पर्ने बताउनु भयो सो ज्ञापन पत्र पेस गर्दै जनपत्रकार संगठन नेपालका प्रदेश अध्यक्ष प्रकाश थापाले पत्रकार महासंघ भनेको सबैको साँंझा संगठन भएकोले हामीले उठाएका एजेण्डालाई कुनै पुर्वाग्रह ढंगले नहेरी कार्यनयन गर्नु पर्ने बताए सो सन्दर्भमा आफ्नो भनाइ राख्दै प्रदेश सचिव धर्म सिंह विकले यो प्रदेशभित्र पनि नेपाल सरकार र भारतिय सरकारको सुराकी भइ दलाली गर्ने पत्रकारलाई पत्रकार महासंघले तत्कालै कार्बाही गर्नु पर्ने बताए ।
प्रदेश अध्यक्ष प्रकाश थापा,सचिव धर्म सिंह विक,सदस्यहरु राजन जैगदी,पुस्पा साउँद र भरत दास लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाएका थिए ।
यसै गरि कैलाली,कञ्चनपुर,डडेल्धुरा रअछाम जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ज्ञापन पत्र बुझाएको छ ।
बुझाएको ज्ञापन पत्र बुदाँगत रुपमा:-
१) श्रमजीवी पत्रकारहरूको न्युनतम पारिश्रमिक,पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस साथै कोविडका कारण रोजगार गुमाएका संचारकर्मीको पुर्नस्थापना,राहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस ।
२) सदस्यहरुको सुद्दिकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाइयोस । पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस ।
३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस । महासंघलाई आत्मानिर्भर र स्वदेशी सहायताबाट संचालन गर्न पहल गरियोस ।
४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्यवन गर्न संस्थागत पहल गरियोस ।
५) पत्रकारहरुको वृद्घि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस ।