

वालिङ,२४ पुस ।वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत पावर टिलर तथा हाते ट्याक्टर मर्मत सम्वन्धी तालिम सम्पन्न भएको हो।
कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, प्रशिक्षक दिलबहादुर पौडेल, सहभागि रुद्रप्रसाद ढकाल लगायतले बोल्नुभएको थियो । संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फिल्ड तथा ईबिक अधिकृत गंगाधर खनाल राजुले गर्नुभएको थियो ।