
प्रदिप पाठक,सुनवल,१९ पुष।पश्चिम नवलपरासीको सुनवल १० गौडाखालमा नकआउट फुटवल प्रतियोगीता संचालन हुने भएको छ।
मनकामना युवा क्लव सुनवल १० गौडाखालको आयोजनामा ल्होसार माघी नकआउट फुटवल प्रतियोगीता यहि पुस २१ गते देखि सुरु हुने क्लवका अध्यक्ष विनोद गर्बुजाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो।
छिमेकी जिल्ला रुपन्देही र नवलपरासीका गरि जम्मा १६ टिमको सहभागिता रहने फुटवल प्रतियोगीताको विजेताले रु १ लाख ७५ हजार रुपैया प्राप्त गर्ने छ भने उपविजेताले रु १ लाख रुपैया प्राप्त गर्ने छ।
प्रत्येक टिममा ३ जनासम्म विदेशी खेलाडी सहभागिता गराउन पाइने खेल संयोजक जित वहादुर पुनले जानकारी दिनुभयो।
मधु सामुदायिक वन उपभोत्ता सहयोगी संस्था रहेको प्रतियोगीताको कुल अनुमाति खर्च करिव ८ लाख रुपैया रहेको क्लवले जनाएको छ ।