
बुटवल।रुपन्देहीबाट प्रहरीले लागुऔषधसहित ४ जना युवालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टाछुट्टै ठाउँबाट ती युवाहरुलाई पक्राउ गरेको हो ।
प्रहरी चौकी खैरेनी रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले आइतबार जिल्लाको देबदह-२ ढेकार श्री चोकबाट ओमसतिया-६ बस्ने वर्ष ३७ को बर्मानन्ध धरिकारसहित २ युवालाई नियन्त्रणमा लिएको छ । लु ५५ प २२०५ मोटर साइकलमा सवार उनीहरुलाई खानतलासी गर्दा २१ पुरियामा ब्राउन सुगर,१८ हजार ५ सय नगद र ४ थान मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यसैगरी सोमबार नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट २ युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । ईट्टाभट्टी स्थित आगन्तुक होटल एण्ड रेष्टुरेण्टमा बसिरहेका उनीहरुलाई खनतलासी गर्दा कास्कि जिल्ला पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय सरण गुरुङ र सोही ठाउँका १९ वर्षिय युगेन गुरुङको साथबाट लागुऔषध बरामद भएको छ।
उनीहरुले लागुऔषध बिक्रि बितरण तथा सेवन गरेको भन्ने विशेष सुचनाको आधारमा खानतलासी गर्दा डाईजेपाम–४५ एम्पुल, नुफिन–४५ एम्पुल, फेनारागन–४५ एम्पुल र बिभिन्न किसिमका थान २ मोवाईल समेत बरामद गरीएको प्रहरीले जनाएको छ ।