ट्रेन्डीङ्ग

महाकवि देवकोटा नमुना माविमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

रमेश भुसाल,पुस १६ सुनवल । महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ को पढाई सकेका विद्यार्थीहरुलाई विद्याई गरेका हुन।

स्वागत तथा विद्याई कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भिम वहादुर थापाले नमुनाका रुपमा रहेको विद्यालयलाई शैक्षिक हवका रुपमा अगाडि वढाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागी सुनवल नगरपालिकाको आवश्यक सहयोग र साथ रहने भन्दै त्यसका लागी विद्यालय संग सम्वन्धित सवै पक्ष सकरात्मक हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्याल, विद्यालय व्यवस्थापन समिति सदस्यहरु विष्णु प्रसाद पौडेल, लिलावल्लभ पाण्डे, प्रध्यानाध्यापक खेमलाल शर्मा, सह प्रध्यानाध्यापक रुकमागत वस्याल लगाएतले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई स्वागत र विद्याई भएका विद्यार्थिहरुलाई थप शैक्षिक सफलताका शुभकामना व्यक्त गर्नुभयो । स्वगत तथा विद्याई कार्यक्रम कक्षा १२ विज्ञान संकायमा अध्ययनरत राजन तिवारीकोको सभापतित्व र सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु गोतामेको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा कक्षा १२ का विद्यार्थी स्मृति विकको स्वागत मनतब्य रहेको थियो भने रञ्जना कामि र रोशनी गरैले कार्यक्रम संचालन गर्नुभएको थियो । स्वागत तथा विद्याई कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम सहित आत्मरक्षा सम्वन्धित डेमो समेत प्रस्तुत गरेका थिए । महाकवि देवकोटा नमुना विद्यालयमा २२ सय भन्दा वढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?