ट्रेन्डीङ्ग

विद्यार्थीहरुलाई यातायातमा ४५% भाडा दर छूट गर:अखिल (क्रान्तिकारी)

गणेश एसके,पुष ९,कञ्चनपुर।आम विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै अखिल (क्रान्तिकारी) सुदुरपश्चिम अन्तर्गतका विभिन्न जिल्लाहरुमा जिल्ला प्रमुख अधिकारीलाई शुक्रबार माग पत्र बुझाएका छन।

नेपाल सरकारलेनै वि.स.२०६५ सालमै निर्णय गरि लागू हुँदै आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडादरमा ४५% छुट अहिले सार्वजनिक यातायात व्यवसायीहरुले अहिले दिन बन्द गरेको प्रति संगठनले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यान्वयन गर्न जोडदार माग गरेको छ अन्यथा संगठन चरणबद्ध आन्दोलनमा उत्रने मागपत्रमा उल्लेख गरिएको छ।


साथै आज कञ्चनपुर ,अछाम,डोटी र बझाङ गरी चार जिल्लामा एकै दिन मागपत्र बुझाएको अखिल क्रान्तिकारी सुदुर पश्चिम इन्चार्ज प्रकाश जप्रेलले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal