ट्रेन्डीङ्ग

पत्रकार विद्यार्थी संगठन बाकेको संयोजकमा किशोर शाही

०७७ पुस ६,बाँके,यमु कडेल
पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा सप्पन्न
उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो।
संगठन केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यमा गरिएको थियो उक्त भेलामा बोल्दै प्रमुख अतिथि मुक्ती गैरेले नेपालको पत्रकारितालाई श्रमजीवीहरुको पत्रकारिता बनाउन र यसलाइ जरै देखि सुदृकरण गर्न हामिले यो संगठन निर्माण गरेका हौं । नेपालमा बड्दो पत्रकारकारिता बिकृतीको पर्दाफास गर्ने संगै राष्ट्रिय अखण्डता र स्वाधीनता माथी प्रहार गर्ने खालका गतिविधिलाई खबरदारी गर्नु हाम्रो दायित्व भएको भन्दै खोज पत्रकारिता निस्पंक्ष र निस्वार्थ हुनु वर्तमान आवस्यकता हुने बताउनु भयको थियो ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार विद्यार्थी संगठन बाकेका संयोजक किशोर शाहिले प्रगतिशील विद्यार्थीहरुलाई संगठित गर्दै पत्रकारिताबाट राज्य भित्र हुने सम्पुर्ण अराजक अनैतिक भ्रष्ट र सर्व साधरण जनतालाई बारम्बार झुक्याएर ठुला बडा भिआइपी भिभिआइपीहरुको आटमा छत्रछायामा गरिने पत्रकार होइन तर पत्रुकार जस्ता कार्यलाइ सशक्त रुपमा खबरदार गराउने र सबै किसिमका निजि स्वार्थको लागि सत्यलाइ दाकछोप गर्ने कामका विरुद्ध यस संगठनले आवाज उठाउने, साथसाथै पत्रकार भित्रनै हुने सम्पुर्ण सेटिङ्ग विभिन्न निहित व्यक्तिहरुको झुकावमा गरिने हर्कतहरुलाई हाम्रो संगठनले प्रतिरोध गर्नेछ र यहि आउने २०७७ माघ १२,१३,१४ गते आधारभुत पत्रकारिता तालिम गर्ने निर्णय पनि गरेको बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal