ट्रेन्डीङ्ग

नेकपा अछामद्वारा विभिन्न स्थानमा एमसीसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन

कमल विक, अछाम, पुस ०६।नेपाल कम्युनिष्ट पार्टी अछमले रास्ट्रघाती एम सी सी सम्झौता को विरुद्धमा जिल्लाका विभिन्न स्थानमा विरोध सभा सम्पन्न गरेको छ।पार्टीको केन्द्रीय निर्देशन अनुसार जिल्लाका विभिन्न प्रमुख ठाउँहरुमा मंगलबार बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरिएका हुन।

जिल्लाको तुर्माखाद गाउँपालिकाको धमली, मंगलसेन नगरपालिकाको बस्ती र जयगद बजारमा कार्यक्रम सम्पन्न गरिएका हुन। बिरोध कार्यक्रमा जिल्ला स्थित राजनीतिक दलहरु र नागरिक समाजको व्यापक समर्थन रहेको थियो।

जयगड़ बजारमा भयको बिरोध प्रदर्शन पछिको सभालाई प्रमुख वक्ताको रुपमा संबोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले एम सी सी सम्झौता देशको हित विपरित भएको हुँदा देश भक्त नागरिकहरूले यसका विरूद्ध आन्दोलन गरेर अमेरिकी साम्राज्य बादलाई परास्त गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो। उहाले एम सी सी जस्ताे राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरेर आउने सांसद हरुलाई अछाममा प्रवेश समेत गर्न नदिने चेतावनी समेत दिनु भएको थियो। उक्त कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सदस्य तिलक बिष्टले संचालन गर्नु भएको थियो।

यता मंगलसेन नगरपालिकाको बस्तीमा भएकाे कार्यक्रममा प्रमुख वक्ताका रुपमा नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य विराट साउदले बोल्दै एम सी सी सम्झौता राष्ट्र र जनताको हितमा नभएकोले एक पटक सम्पुर्ण जनता सडकमा आएर सँगर्ष गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति सदस्य एबं मंगलसेन नगर ईन्चार्ज तपेन्द्रले समेत धारणा राख्नु भएकाे थियाे भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारी अछामका अध्यक्ष दिपेन्द्र जैगडिले गर्नु भएको थियो।

यस्तै तुर्माखाद गाउँपालिकाको धमालीमा बिरोध प्रदर्शन तथा सभा सम्पन्न भएको छ। बिरोध सभामा प्रमुख वक्ताको रुपमा संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तपेन्द्र बहादुर शाहीले बर्तमान दलाल राज्य सत्ता छ सय अर्ब कर उठाउन नसक्ने तर विकासका नाममा रास्ट्रघाती परियोजना जबर्जस्ती लाद्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ। उहाले आफुहरु रगत बगाउन तयार रहेको तर देश लाई सङ्कटमा पर्न नदिने प्रतिबद्धता समेत जनाउनु भएको छ। उक्त कार्यक्रमको संचालन युवा संगठन अछामका सचिव कुमार क्षेत्रीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal