ट्रेन्डीङ्ग

नेकपा सहित ८ पार्टीद्वारा एमसिसि बिरुद्द प्रदर्शन

पुष ६,काठमाडौँ एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विप्लव नेतृत्वको सहित आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोषसभामा परिणत भएको थियो ।

कार्यक्रममा नेकपासहित नेकपा (क्रान्तिकारी माओवादी),नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल,नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो ।

एमसीसी संसद्‌बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपाका सचिवालय सदस्य धवेन्द्र बास्तोला कन्चन, मालेका महासचिव सिपी मैनाली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती)ले ¥यालिको नेतृत्व गरेका थिए ।

कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य कन्चनले नेपालमा एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने बताए । एमसीसी अमेरिकाको शैन्य रणनीति अन्तरगतको बजेटबाट नेपालका लगानी गर्न लागिएका यसलाई विना सर्त फिर्ता पठाउनु पर्ने बताए ।

‘यो योजना अन्तरगत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी हो । जुन इण्डो प्यासिफिक रणनीति अन्तरगतको बजेटबाट खर्च हुन्छ ।’ विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘शैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिदैन् । त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ ।’

उनले अगाडि भने, ‘एमसीसी दलाल संसदीय व्यवस्था भित्रकै एउटा दलालीको रुप हो । जो नेपालमा बसेर अमेरिकाको दलाली गरिरहेका छन् । हामीले एमसीसीको मात्र विरोध गरेर हुँदैन, यो व्यवस्थाकै विरोध गर्न पर्छ र वैज्ञानिक समाजवादको स्थापना लागि संघर्ष गर्न पर्छ ।’

कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नहुने दावि गरे ।

उनले कुनै पनि अनुदान संसद्‌बाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए । महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए ।

उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।‘अमेरिका नेपाल आउने भनेको चीनसँग लड्नका लागि हो । उनीहरु लड्दा हाम्रो कुनै टाउको दुखाईको विषय हुँदैन् । तर नेपालको भुमी प्रयोग गरेर अमेरिकालाई प्रहार गर्यो भने चीनले पनि त्यसको प्रतिवाद गर्छ ।’ उनले भने, ‘अमेरिकीहरु त बंकर खनेर कुन दुलोमा पसिसकेका हुन्छन् । त्यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्छन् । तसर्थ, यसलाई समयमै रोक्नसकेन नेपाल र नेपालीको हित हुनेछ ।’

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।

भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।

संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal