
पुष ५ काठमाडौं । रक्षा मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले सम्हाल्नुभएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीकाे सिफारिसमा रक्षा मन्त्रालयकाे कार्यभार देउवालाई ताेक्नुभएकाे राष्ट्रपतिकाे कार्यालयले जनाएकाे छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय रक्षा मन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ’-विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले महामन्त्रीमा पराजित भए पछि नैतिकताको कारण देखाएर राजीनामा दिनुभएकाे थियाे । उहाँकाेराजीनामा स्वीकृत भएसँगै रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवा आफैँले सम्हाल्नुभएकाे हाे ।