ट्रेन्डीङ्ग

प्रथम जिल्ला भेला गर्ने निर्यण गर्दै पत्रकार बिद्यार्थी संगठन रुपन्देहीकाे बैठक सम्पन्न

गंगा भण्डारी,वुटवल ०७७ पुस ०४। पत्रकार बिद्यार्थी संगठन,रुपन्देहीकाे दाेस्राे बैठकले प्रथम जिल्ला भेला गर्ने निर्यण गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेकाे उपस्थितिमा रुपन्देही जिल्ला समिति अध्यक्ष गंगा भण्डारीकाे अध्यक्षता सम्पन्न भएको छ । उक्त बैठकले पत्रकार बिद्यार्थी संगठनले माघमा ८,९,१० गते वुटवलमा अाधारभुत पत्रकारिता तालिम निशुल्क रुपमा सम्पन्न गर्ने निर्यण समेत गरेको छ । साथै उक्त तालिमका बिचबाट प्रथम जिल्ला भेला पनि सम्पन्न गर्ने निर्यण गरेको छ । भेला अायाेजक समितिकाे संयाेजक टेकम थापाकाे नेतृत्वमा ११ सदस्यीय समिति पनि निर्यण गरेको छ । साथै “न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुकाे मजवुत एकतालाई कायम गराैं !
सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पाराैं !!”अभियानलाई सम्पन्न गर्न संगठनलाई ईकाई युनिटकाे विस्तार र सदस्यता वितरण गर्ने निर्यण गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष गैरेले नेपाल पत्रकार महासंघको सिण्डिगेट र श्रमजीवी पेशागत पत्रकारहरुकाे पक्षमा उभिन निर्देशन दिएका थिए । उनलेे राज्यले पत्रकारिता बिषयलाई अनिवार्य पाठ्यक्रम निर्माण गरि पुर्ण जिम्मेवारी लिनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?