ट्रेन्डीङ्ग

गोकुल र नारायण काजिको सम्वाद मुक्तकबाट- पवन ✍️

(१)
तिम्रो दुई ,मेरो सत्तरि मात्र अङ्क फरक छ
तिमी प्रवक्ता , म स. मन्त्री बाटो फरक छ
पिर नलेउ मित्र अडियो बाहिर आए पनि
हामी लाई स्वयं प्रम कै एक झलक छ ।

(२)
राजीनामा दिने मन त कदापि थिएन मित्र
के गर्छौ नैतिकताको कुरा चल्यौ पाटी भित्र
गार्‍हो हुन्छ अब खानी बाटो बन्द भए पछि
परिवार पाल्नै परो होटेल खोल्यौ है त मित्र ।

(३)
तिम्रो सनराइज मेरो के जाती मिडिया फरक छ
तिम्रो थोरै करोड मेरो धेरै करोड पैसो फरक छ
केही हुदैन मित्र पैसो अनि मिडिया अलग भए पनि
हामी सबै एउटै बारिका मुला मात्र तरिका फरक छ।

(४)
मित्र हामीले गर्दा नेपाल : एसिया कै पहिलो आएछ
जती सुकैमा आयोस के भो त हामीलाई पैसा आएछ
सारै दुख लाग्दो रहेछ गोकुल कमरेड राजीनामा दिदा
उता हेर त युटुबमा हाम्रा भिडियो टेन्डिङ 1मा आएछ ।

(५)
मित्र बिदेशमा भएका छोरा छोरी पढाउनु कसरी
ए छोरा आउने बाटो बन्द भो पैसा पठाउनु कसरी
मित्र ; जनताको खुन , पसिना, श्राम लुटे जसरि
नेता हुन कति गाह्रो अनि सारो भो भनु म कसरी ।(पवन ज्ञावलि,बुटवल )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?