ट्रेन्डीङ्ग

सुस्तामा भारतीय नापजाँच विरुद्ध काठमाडौँमा बिरोध प्रदर्शन

कार्तिक २३ काठमाडौँ ।पश्चिम नवलपरासीको सुस्ता डुबान क्षेत्रमा भारतीय एसएसबीले नापजाँच गरेको विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले भव्य प्रदर्शन गरेका छन ।

भारतीय हस्तक्षेप विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले आज दिउसो माइतीघर मण्डलमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा युवा, विद्यार्थी, महिला, दलित, पत्रकार लगायतको उपस्थिती रहेको थियो । नेकपाका जनवर्गीय संगठनहरुले सोमबार संयुक्त रूपमा विज्ञप्ति सार्वजनिक गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरेका थिए ।

विरोध सभा कार्यक्रममा भारतीय हस्तक्षप मुर्दावाद, सुस्तामाथिको हस्तक्षप बन्द गरे, एमसीसी चाहिँदैन्, कालापानी लिपुलेक लिम्पियाधुरा हाम्रो हो, बैज्ञानिक समाजवाद जिन्दावाद, जनमत संग्रहको घोषणा गर लगायतका नारा लगाइएका थिए ।

विरोध सभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य तथा अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्दले नेपाल सरकारले भारतीय हस्तक्षपका विरुद्धमा नबोल्नु दलालीको पराकाष्ठ भएको बताइन् ।

‘भारतीय एसएसबीको टोलीले नेपालको भुमि नापेर गएको छ ।’ सुरक्षाका लागि खटिएको प्रहरी बोल्दैन्, गृहमन्त्रालयको संयन्त्र त्यहाँ छ त्यो पनि केही बोल्दैन् । यो दलालीको पराकाष्ठ हो ।’ सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्दले भनिन्, ‘यो दलालीकरण र दला सत्ता नढलेसम्म सीमाको समस्या समाधान हुँदैन् । त्यसका लागि नेपालमा वैज्ञानिक समाजवाद आवश्यक छ ।’

उनले वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा लामबद्ध हुन सबै नेपालीलाई अपिल गरिन् । कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले भारतले नेपालको भुमि नापेको मात्र नभई नेपालीहरुको हैसियत नापेको बताए।

‘भारतीय एसएसबीले नेपालको जमिन मात्र नापेको होइन्, राष्ट्रवादी नेपालीहरुको हैसियत पनि नापेर गएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘त्यसका लागि भारतीय हस्तक्षपका विरुद्धमा एक पटक नेपाल जुरुक्क उठ्नपर्ने बेला आएको छ ।’

कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुरमा रहेको पार्टी केन्दीय सदस्य, विभिन्न जनबर्गीय संगठनका प्रमुख तथा प्रतिनिनिधि, युवा, विद्यार्थी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

सोमबार मात्रै भारतीय एसएसवीको टोलीले नेपालको भुमि नापेर गएको थियो । केही दिनमा उक्त भुभाग पनि आफ्नो नक्सामा पार्ने तयारी स्वरुप नापेको स्थानीयको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal