
अमित भट्ट,कार्तिक २३ काठमाडौ । मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागी १६ जना प्रतिस्पर्धी भिडने भएका छन ।
नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको छ ।
आर.के.इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल,मिसफेस अफ बिउटी इन्टरनेसनल मिस स्कुवा इन्टरनेसनल,मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको हो।यस वर्ष देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्ष बाट ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ ।
राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरीहरुको सहभागितामा अहिले १६ जना मात्रै अग्रस्थानमा आएका छन ।
जस्तै प्रतिस्पर्धामा निशु शाह (सिरहा),सपना कार्की(कास्की), वर्षा राणा(नवलपरासी),ममता मल्ल (डोटी),सोनाली सापकोटा (काभ्रे),सुर्जिना श्रेष्ठ (काठमाडौ),मनिषा छिनाल(हेटौडा),यशोदा रेग्मी(पाल्पा),ममता बुढा क्षेत्रि (बर्दिया),बबिता आचार्य (झापा),अस्मिता तामाङ (काठमाडौ),डिम्पल खरेल(झापा), प्रमिला विश्वकर्मा (कास्की),सोना यादव (बारा),आयुष्या चन्द ठकुरी , अन्जली थापा(दाङ) रहेका छन ।
मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको दर्शकहरुले बताएका छन । छनोटमा परेका १६ जनाकै अहिले भोटिङ राउन्ड सुरु भैसकेको छ । सबै प्रतियोगीहरु भोटको लागि आआफ्नो गृह जिल्ला गैसकेका छन ।
मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै कम्पनी सद्भावना दूत(goodwill ambassador)र नेपाली चलचित्रमा नायिका समेत हुदै ,पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।