
कार्तिक १५ दाङ ।नेकपा निकट युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सम्पन्न भएको छ । सम्मेलनले पुनःपाटनको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा दिनेश,महासचिव बिदुषी,सचीवमा तिलक ,कोषाध्यक्षमा विश्लेषण सहित ७१ सदस्यीय केन्द्रिय कमिटी निर्वाचित गरेको हो।
दुई दिनसम्म दाङको तुल्सीपुरमा चलेको युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलनको आयोजक समितिका संयोजक पाटनको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द `विप्लव´को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका नेता तथा संगठनका सबै जिल्लाहरुबाट प्रतिनिधि /प्रवेक्षकहरुको उपस्थित रहेको नेकपा दाङले जनाएको छ ।
संगठनको चौथो राष्ट्रिय सम्मेलनको उट्घाटन समारोह कार्तिक १३ गते शनिबार घोराहीमा रहेको सहिद मन्चमा सम्पन्न भएको थियो भने बन्द सत्र १४ र १५ गते तुलसीपुरमा भएको पार्टी कार्यालयले जनाएको हो ।