ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापनपत्र

कार्तिक १५ कैलाली । कैलालीको घोडाघोडि नगरपालिका वडा न १ साडेपानी स्थित रहेको श्री दशरथ माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा तत्काल अभिभावक भेला बोलाई सार्वजनिक लेखापरिक्षण गराउन माग गर्दै बिद्यालयका प्रधानध्यापक शरद मल्ललाई ज्ञापन पत्र बुझाएको छ।

घोडाघोडी नगरै नमुना बिद्यालयमा सुचिकृत दशरथ माविमा भएको विकृति विसङ्गतिको बारेमा संगठनको गम्भीर ध्यााकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरियको छ।

अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष महेश पातलीले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा भएको भ्रष्टाचारजन्य गतिबिधिहरुको बिरुद्धमा आफुहरू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुहुदै,विद्यालय प्रशासनले लापरबाही तुरुन्त सच्याएर तत्काल अबिभावक भेला बोलाई उल्लेखित समस्याहरु समाधान गर्न २४ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण गराएको जनाउनु भयो।

राजनीतिक कार्यकर्ताको भर्तिकेन्द्र जस्तो बनाएर आफुखुसी शिक्षक नियुक्ति गर्ने,बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, प्रअ र लेखापालको मिलिमतोमा बिद्यालयको खाताको रकम हिनामिना गर्ने र ब्यक्तिगत रुपमा प्रयोग गर्ने,प्राबिधिक शिक्षा अन्तर्गतको आय-ब्यय बिवरण लुकाउने,बिद्यालयलाई अनुदानमा प्राप्त भयको सवारी साधनको फर्जी बिल बनाई निकासा गर्ने लगायतका समस्याहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal