ट्रेन्डीङ्ग

राजनितिक स्थिरता,सामाजिक गतिशीलता,शान्ति र समृद्धिको रुप बैज्ञानिक समाजवाद हो: बास्तोला

रमाकान्त बास्तोला,कार्तिक १५ पोखरा। नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र बैज्ञानिक समाजवाद बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्बेन्द्र बास्तोला `कन्चन´को प्रमुख अतिथ्यतामा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र बैज्ञानिक समाजवाद बिषयक अन्तर्क्रीया कार्यक्रम पोखरा उधोग बाणिज्य संघको अमृत कक्ष गैर्हापाटनमा सम्पन्न भएको हो । बिभिन्न राजनितीक दलका प्रतिनिधि , नागरीक समाज, अधिवक्ता, ब्यवसायी र देशभत्त प्रगतिशील ब्यत्तित्वहरुको उत्साहजनक उपस्थितिमा शुरु भएको उत्त कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले आफ्नो पार्टीले लिएको निति र कार्यक्रमको अन्तर्वस्तु प्रगतिशिल संयुक्त सरकार, जनमत संग्रह र बैज्ञानिक समाजवादको बिषयलाई प्रष्ट पार्नुभएको थियो ।

नेकपा केन्द्रिय सचिवालय सदस्य बास्तोलाले देशको राजनैतिक संकट समाधानका लागी आफ्नो पार्टीले बिकल्पका रुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै अहिले चलिरहेको पुँजीवादी संसदीय ब्यवस्था की बैज्ञानिक समाजवादी ब्यवस्था बिच जनमत संग्रहको प्रस्ताव अघि सारीएको बताउनु भयो ।कार्यक्रममा उहाँले आन्दोलन भनेको काटमार र बुलेटको भाषा मात्र नभई मुख्य कुरा परीवर्तन रहेको र शान्तिपुर्ण आन्दोलन पनि बिद्रोहको एक रुप रहेको बताउनुभयो । यस्तै दलाल संसदीय ब्यवस्थाले पार्टीहरु बिच पनि एक जुट हुन नदीने र सत्ताले आबश्यकता अनुरुप निति बनाउँदै आँफु अनुकुल प्रयोग गर्ने गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई थप सम्बोधन गर्ने क्रममा बास्तोलाले राजा आउँछ भन्ने कुरा जनता तर्साउने र भ्रम छर्ने काम भएको भन्दै राजाको बेलाका संम्भ्रान्त बर्गहरु नै आज यस्तो कार्य गरीरहेको बताउँदै उहाँले बुद्दको उदाहरण दिँदै अन्य देशहरुको मात्र उपलब्धि र उदाहरण भन्दा आफ्नै देशबाट आफ्नो देशको अनुशरण बिश्वले लिने बनाउन सबै एक भएर आन्दोलनमा लाग्नुको बिकल्प नरहेको बताउनुभयो । उहाँले बैज्ञानिक समाजवाद राजनितिक स्थिरता, सामाजिक गतिशीलता, शान्ति र समृद्धिको रुप रहेको उल्लेख गर्नुभयो ।यस्तै उत्त अन्तरक्रीया कार्यक्रममा एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य श्रीनाथ बराल, नेकपा एमालेका कास्की जिल्ला सचिवालय सदस्य तेज नारायण अधिकारी, नेपाली कङ्रेशका कास्की जिल्ला सचिव देवेन्द्र रानाभाट, जसपा का कास्की जिल्ला अध्यक्ष गिरी प्रसाद गुरुङ, नेकपा क्रान्तिकारी माओवादीका कास्की जिल्ला इन्चार्ज रामजी थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि गणेश अधिकारी, उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा ब्यवशायी आनन्द राज मुल्मी, नेकपाका प्रतिनिधि मनिष भट्टराई , अधिवक्ता महेन्द्र मान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णले नेपाल कम्युनिस्ट पार्टीले लिएको प्रगतिशील संयुक्त सरकारको अबधारणालाई स्वागत योग्य कदम रहेको बताउँदै देशले अग्रगमन खोजेको र स्वाधिन अर्थतन्त्रको निर्माण गर्दै समाजवादमा जाने माध्यमहरु प्रस्तुत गर्दै आ- आफ्नो सुझाव र शुभकामना दिएका थिए भने कार्यक्रममा उठेका सुझावहरुलाई केन्द्रीकृत गर्दै नेकपा सचिवालय सदस्य बास्तोलाले उपस्थित सम्पुर्णलाई थप प्रष्ट पार्नुभएको थियो ।नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीको अध्यक्षतामा भएको उत्त अन्तरक्रीया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज उमा भुजेल, कास्की जिल्ला बिशेष कमिटी सदस्य प्रकाश मल्ल लगायत पार्टीका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम नेकपा कास्की जिल्ला कार्यलय सचिव काजि गुरुङले सञ्चालन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?