ट्रेन्डीङ्ग

पाल्पा र गुल्मीमा विरजंगकाे सम्झनामा स्मृति सभा सम्पन्न,जिवनि बारे चर्चा

मुक्ति गैरे,वुटवल,कार्तिक १०।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द बहादुर चन्द कमरेड विरजंगकाे तेह्रौं स्मृति दिनको अवसर पारि स्मृतिसभा सम्पन्न भएको छ । पाल्पाको तिनाउ गाउँ पाँलिकाकाे बसन्तपुर नजिकै ज्यामिरेमा सम्पन्न भएको थियो ।उक्त सभामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले”राष्ट्र र जनता प्रति धाेका नहाेस्”भनेर अन्तिममा पठाउनु भएको सन्देश र मलाई उहाँले”तपाईंको घर तिनाउमा हाे यस क्षेत्रमा नेपाली जनताको विरुद्धमा आएकाे एमसिसि परियोजनाकाे रक्षार्थ अमेरिकी सेना बस्न यस तिनाउ गाँउपालिका बसन्तपुरमा बस्ने याेजना बनाउदै छ यसका विरुद्धमा अन्तिमसम्म तपाईं लड्नु हाेला” भनेर निर्देशन गर्नु भएको बारे चर्चा गर्दै दृढ अठाेट सहित प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे।नेपाल कम्युनिस्ट पार्टी र सम्पुर्ण जवस माेर्चाका तर्फबाट स्मृति सभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड विरजंगले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता सहितकाे जिवनिका बारेमा पाल्पा जिल्ला सचिवालय सदस्य कमरेड निसानले पढेर सुनाउनु भएको थियो।                                                      “कम्युनिष्टका आर्दश नेता‘वीरजंग’को संक्षिप्त जीवनी”

बुवा चित्रबहादुर चन्द र आमा कुसमाया चन्दको जेष्ठ सुपुत्रको रुपमा ०१७ साल फागुन ७ गते रोल्पाको इरिबाङमा जन्मिनु भएका कमरेड वीरजङ्ग (चन्द्रबहादुर चन्द) एक स्थापित एवम् परिचित नाम हो । केवरी प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा लिनुभएका विरँजगले बालकल्याण मावि लिवाङमा माध्यामिक शिक्षा हासिल गर्नुभयो । राजकुमारी शाहँसँग बैबाहिक जीवनमा बाधिएका चन्दका हाल ९३ बर्षिय आमा,२भाई,२ दिदीहरु १ बहिनी, २ छोरा बुहारीहरु छन् । उहाँहरु २०४५ सालमा सपरिवार कपिलवस्तुको शिवगढीमा बसाई सरी आउनुभएको हो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी,अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छ । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु पनि हुनुहुन्छ ।                                                                              राजनीतिक जिवन:

माध्यामिक शिक्षा सुरु गरेसँगै राजनीतिक जीवन अगाडि अाउनु भएको थियोे । सुरुमा अखिल छैठौंको जिल्ला सदस्य भई राजनीतिक प्रारम्भ गर्नु भएका विरजंगले आफ्नो अध्ययनपछि लगत्तै गाउँपञ्चायतको सचिव पदमा जागिर खाई सरकारी सेवा समेत गर्नुभएको थियो । २०४५ सालमा शिवगढी आए लगत्तै उहाँले एकता मसालको पार्टी सदस्यता लिई २०४६ सालमा पार्टीको जिल्ला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०३५/३६ को विद्यार्थी आन्दोलनमा रोल्पाबाटै होमिनु भएका विरजंग २०४६ सालको जनआन्दोलनमा कपिलवस्तुबाट महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । विद्यार्थी कालमै पञ्चायती कालरात्रीका विरुद्ध राजनीतिक यात्राको थालनी गर्नुभएका कमरेड वीरजङ्ग नेकपा (मशाल), नेकपा (एकताकेन्द्र),नेकपा (माओवादी), नेकपा–माओवादी र नेकपाको पोलिटब्युरो सदस्य (हाल केन्द्रीय सदस्य) हुनुहुन्थ्यो।२०४७ सालमा आफूले खाईरहेको गाविस सचिवको सुविधासम्पन्न जागीरबाट पूर्ण राजीनामा दिई पूर्णकालिन राजनीतीमा होमिनुभयो ।

२०४८ सालमा निर्वाचिन उपयोग गर्ने तत्कालिन नेकपा मसालको नीतिअनुरुप साविक शिवगढी गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित समेत हुनु भएकाे थियोे । गाविस अध्यक्ष भएपछि पनि निरन्तर उत्पीडित जनता र वर्गको पक्षमा काम गर्दै जादा शोषक र सामन्त,जालिफटाहाहरु उहाँको निम्ती दुश्मन बनेर आए । त्यतिबेलै देखी उहाँमाथि झुटा मुद्दा हाल्ने,गिरफ्तारी समेत गराउने प्रपञ्चको समेत डटेर सामना गर्नुभयो।
क.विरजँग २०५२ साल फागुन १ गतेदेखी शुरु भएको नेपाली महान माओवादी जनयुद्ध थालनीकर्ता मध्येका एक याेद्दा हुनुहुन्थ्यो । सुरुमा कपिलवस्तु जिल्लामै रहेर भूमिगत जिवन विताउनु भएका विरजंगले २०५३ सालमा बाग्लुङ र म्याग्दीको जिम्मेवारी लिएर कपिलवस्तुवाट विदाई हुनुभएको थियो । बाग्लुङ म्याग्दीको सेक्रेटरी पछि इन्जार्च हुँदै जनमुक्ती सेनाको प्लाटुन कमिसार हुँदै बटालियन कमिसार भई जनयुद्धका महत्वपूर्ण मोर्चाहरुमा अग्रभागमा खडा भई प्रत्यक्ष भाग लिनुभएको थियो । म्याग्दीको बेनी आक्रमणको क्रममा उहाँलाई गोली लाग्यो,तर जनमुक्ति सेना लगायत पार्टीका नेता कार्यकर्ताले उद्दार गरी निको भएपछी उहाँ पुन रुपन्देहीको इन्चार्जको जिम्मेवारी सम्हालेर पार्टी राजनीतिमा खट्नुभयो । शान्ती प्रक्रिया मार्फत तत्कालिन नेकपा माओवादीले हतियार विसाएपछि उहाँ कपिलवस्तुको इन्चार्ज रहनुभयो । त्यसपछी मोहन बैद्यसँगै पार्टी पुनगर्ठनमा सक्रिय उहाँले दोस्रो पटक नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन भएपछि पनि नेकपाको केन्द्रीय सदस्य,लुम्बिनी व्यूरो इन्चार्ज,पोलिट्व्यूरो सदस्य हुँदै मध्यपश्चिम कमाण्डकै इन्चार्जको रुपमा काम गर्नुभयो । पार्टीमाथि प्रतिबन्ध पश्चात २०७६ सालमा बैठक बसिरहेको बेला दाङ्गबाट गिरफतार पर्नुभयो । १९ महिनासम्म जेल जीवनको क्रममा उच्च मनोबलका साथ क्रान्ती र देशप्रती इमान्दार रही जेलमोर्चामा समेत अब्ब्ल मानिनुभएका कमरेड विरजंगलाई जेल हिरासतकै क्रममा विभिन्न झुटा मुद्दामा फसाउने,विभिन्न जिल्ला घुमाउने,अदालतबाट रिहा हुने र बाहिर गेटबाट फेरी पक्राउ पर्ने अनेकौं षडयन्त्रको सामना कमरेड विरजंगले गर्नुभयो । त्यसैक्रममा उहाँ कोभिड १९ को महामारीबाट समेत संक्रमित हुनुभयो । सरकारले उहाँको उपचारमा वास्ता नगर्दा उहाँको स्वास्थ्य दिनप्रतिदिन विग्रदै गईरहेको थियो । पार्टी र सरकारबीच भएको ३ बुँदे सहमति पश्चात चितवन कारागारबाट उहाँ रिहाई हुनुभएका थियो । रिहाई भएलगत्तै उपचारको लागी अनेकौ कोशिसहरु भए,नेपालका थुप्रै अस्पताल र भारतको म्याक्स अस्पतालसम्म उपचार भएपनि अन्नत उहाँको भौतिक शरिर सदाका लागि गुमाउन बाध्य भयौं । ६० बर्ष ७ महिना २१ दिन बाँचेर एउटा किसान परिवारमा जन्मिनु भएका विरजंग अदम्य शाहस,विचारप्रतीको निष्ठा,अनुशासनको दृढतापूर्वक पालन,पार्टीप्रती त्याग,तपस्या र बलिदानीभावले सधै मार्गदर्शक बनिरहनु भयो । अलविदा कमरेड महान् नेपाली महान माअाेवादी जनयुद्धको येनान रोल्पामा जन्मिएर वर्गसङ्घर्ष र अन्तरसङ्घर्षमा श्रेष्ठ विचारयुक्त एवम् उदात्त भावनासहित होमिनु भएका एक होनहार योद्धा,कुशल र दुर्लभ नेता हुनुहुन्थ्यो कमरेड विररजङ्ग ।
पन्चायतमा भएका ग्रामीण वर्गसङ्घर्ष,पञ्चायती निरङ्कुशता र दलाल संसदीय व्यवस्थाविरुद्ध महान माओवादी जनयुद्ध हुँदै एकीकृत जनक्रान्तिको प्रतिबन्धको समयमा समेत लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुईपटकसम्म उहाँको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उहाँलाई कोरोना सङ्क्रमणसमेत भएको थियो । उपचारकै क्रममा भारत दिल्लीस्थित म्याक्स अस्पतालमा ०७८ असोज २० गते दुःखद् निधन भएको हो ।                                                           यस दुखद् निधनमा आज सिङ्गो जनगणतन्त्रधारिहरु,राष्ट्रवादीहरु,क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा नेताहरू र सिङ्गो हाम्रो नेपाल कम्युनिस्ट पार्टी समेत यतिबेला शाेकमग्न अवस्थामा छ।उहाँका त्यागपुर्ण याेगदानहरुकाे यहाँ चर्चा गर्दै गर्दा अाज हामीलाई भावविह्वल बनाउन बाध्य बनाएको छ तसर्थ अाज तेह्रौं दिनको सम्मान एवम् स्मरणीय सभाबाट याे प्रतिबद्धता व्यक्त गर्दछौं कि उहाँले जिवनलाई देहावसानकाे अवस्थामा पुर्याउनु अघि सहयोगी कमरेड नवीन मार्फत महासचिव विप्लव र सिङ्गो पार्टी पंक्तिलाई “देश र जनताको प्रति धाेका नहाेस्” भनेर छाेड्नु भएको सन्देश पुर्ण रुपमा अन्तिमसम्म लडिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

नेपाल कम्युनिस्ट जिल्ला समिति
ईन्चार्ज/सेक्रेटरी
क. अपेक्षा/प्रभात
एवम् पार्टी परिवार तथा सम्पूर्ण जवस माेचाहरु
२०७८ कार्तिक १० गते”

उक्त स्मृति सभाका अध्यक्ष नेकपा तिनाउ गाँउपालिकाका सेक्रेटरी कमरेड मदनले गर्नु भएको थियोे भने कार्यक्रम संचालन एरिया कमिटी सदस्य कमरेड कुशलले गर्नु भएको थियो ।उता गुल्मीमा स्मृति सभा सम्पन्न भएको छ । उक्त सभाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका गुल्मी ईन्चार्ज अपेक्षाले उहाँले देखाएको बाटोमा आफुहरु सधैं हिडिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रमकाे सभा कमरेड बसन्तले गर्नु भएको थियोे भने कार्यलय सचिव कमरेड विनोदले संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal