ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरद्वारा स्वर्गीय वीरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा

गणेश एसके, कार्तिक १० कञ्चनपुर ।नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको कञ्चनपुरको महेन्द्रनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

जिल्ला समिति कञ्चनपुरको आयोजनामा भएको श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्दै नेकपा केन्द्रिय सदस्य डबल शाह (भगत)ले स्वर्गीय वीरजंग समग्र कम्युनिस्ट आन्दोलनको अविचलित नेताको रहेको बताउँदै वर्गीय मुक्ति,अन्याय,अत्याचार,उत्पीडनका विरुद्ध सधैं अडिक भएर दृढता पूर्वक लागेर नेतृत्वदायी भूमिका निर्वाह गरी एउटा जनप्रिय पार्टी निर्माण गर्नुमा उहाँको अतुलनीय योगदान रहेको बताएका छन् । उहाँले देखाएको त्यो अविचलित वैचारिक इमान्दारिता, त्याग,समर्पण,बलिदान सहितको स्वच्छ धरातलमा टेकेर एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न अनवरत यात्रीको रुपमा लाग्ने प्रतिबद्धता जाहेर गर्दै सबै नेताकार्यकर्ता लाई सोही बाटोमा इमान्दारिताका साथ खटिन आग्रह पनि गरेका छन।

शाहले बिरंजङ्ग सधैं इमानदार भएर सच्चा क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका प्रिय नेता मात्र नभई पार्टीमा एउटा अभिभावकको भूमिका पनि निर्वाह गरेको उहाँले बताए ।

उक्त श्रद्धाञ्जली सभामा नेकपा केन्द्रिय सदस्य महान चौधरी,राष्ट्रिय समाजवादी मञ्चका केन्दीय अध्यक्ष देविदत्त पाण्डे,साधारण शाखा सेक्रेटरी कमल विक लगायतले शोक मन्तव्य राखेका थिए ।

नेकपा कञ्चनपुर जिल्ला सचिव रमेश परियार को अध्यक्षता र युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दीपेन्द्र ऐरीले कार्यक्रम सञ्चालन गरेका थिए भने उक्त सभामा जिल्लाका अन्य नेता कार्यकर्ता हरुको प्रतिनिधित्व रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal