ट्रेन्डीङ्ग

नेकपाद्वारा स्याङ्जा प्रशासन अगाडि धर्ना,ज्ञापनपत्र बुझाउदै ३ बुद्दे सहमति कार्यनयनको माग

असोज १८ स्याङ्जा । विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले स्याङ्जाको जिल्ला प्रशासन कार्यलयमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ।

सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय स्याङ्जा धर्ना दिएको हो।

नेकपाले जिल्ला प्रमुख अधिकारी मार्फत प्रधानमन्त्रीलाई तीन बुद्दे सहमतिको यथासिघ्र कार्यनयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
तीन बुँदे सहमतिको कार्यन्वयन,पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले आज देशव्यापी धर्ना दिएको छ।

गत फागुन २१ गते नेपाल सरकार र नेकपाबीच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेजी र नेताकार्यकर्ता रिहाई भएका छैनन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal