ट्रेन्डीङ्ग

पवनका ६ मुक्तक काङ्ग्रेस सकियो कम्युनिस्ट टुक्रियो

(१)
पत्रकारले घर अनि देश बनाइदिएको देखे
मेरो देशलाइ भारत सङ खनाइदिएको देखे
आजै र राती के देखे सपनी म भुल्नै सकिन
काङ्ग्रेस सकियो कम्युनिस्ट टुक्रिएको देखे।

(२)
के सुन्छु नेता ज्यु गणतन्त्र ल्याउने दाइ बिदेश लागेछ
जनतामा हैन नेता ज्यु कोरोना तिम्रो पार्टीमा लागेछ
आजै र राती के देखे सपनी म भुल्नै सकिन
तिम्रै मान्छे कम्युनिस्ट भन्दै थियो आज अन्त्यै लागेछ।

(३)
दिनु पर्थेयो उसलाई पनि बालुवाटार अनि सुकुम्बासी बस्ती
जादैन थियो होला अन्त्यै तिर,गर्थें होला उतै तिर मस्ति
आजै र राती के देखे सपनी म भुल्नै सकिन
भन्सारको दाइले पनि सन्तुष्ट छैन भन्दै थिए अस्ति।

(४)
नाकामा सुन आउँछ , भित्र छिरे पछि त्यै सुन फलाम बनाउछ
हिजो सिपाही थियो भोलि हेर्दा काधमा तीन चार फुलि बनाउछ
आजै र राती के देखे सपनी म भुल्नै सकिन
कसैलाई सालो, ज्वाइँ अनि कसैलाइ सम्धी बनाउछ।

(५)
दर्शन , सिद्धान्त , बिचार अनि लक्ष्य एउटै भए पछि
सर्वहारा अनि वर्गसंघर्षलाई आत्मसात गर्दै लगे पछि
आजै र राती के देखे सपनी म भुल्नै सकिन
के बन्ला र! कम्युनिस्ट सिसा झै टुक्राटुक्रा भए पछि।

(६)
दिनु पर्ने थियो सुझाव अनि सल्लाह प्रतिपक्ष भए पछि
खै कसरी जम्ला र! काङ्ग्रेस कार्यकर्ता नै नभए पछि
आजै र राती के देखे सपनि म भुल्नै सकिन
हात्तीका जस्तै दुई दात खै के के गर्ने भए पछि।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal