ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)जाजरकोटले गर्यो धर्ना कार्यक्रम

दिपेन्द्र सिंह,जाजरकोट,असोज १५।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले धर्ना कार्यक्रम सम्पन्न गरेको छ।

अखिल(क्रान्तिकारी)ले महिलामाथी हुने महिला हिंसा,बलात्कार, हत्याको प्रतिरोध गर्न स्वयंम महिलाहरुको लागि आत्मसुरक्षा तालिमको ब्यबस्था गर भन्ने मुल नाराका साथ भेरी नगरपालिकाको कार्यलय अगाडि धर्ना कार्यक्रम गरेको हो।धर्ना कार्यक्रममा  अखिल(क्रान्तिकारी)का के.स तथा जिल्ला अध्यक्ष बिराजन शाही,संगठनका उपाध्यक्ष दिपेन्द्र सिंह,संगठनका सचीव शितल,सचिवालय सदस्य विशाल लगायत १०० भन्दा बढी विद्यार्थीहरुको उपस्तिथिमा सम्पन्न भएको हो।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका के.स तथा जाजरकोट अध्यक्ष बिराजन शाहीले “हामिले उठाएका मागलाई कडाई पुर्वक लिन र सम्बोधन गर्ने सवालमा नहिचकिचाउन चेतावनी दिनुभयो। महिलाहरुले आफ्नो अधिकार सुनश्चित गर्ने सन्दर्भमा हतियार उठाएको ईतिहास पनि छ । एकपटक आममहिला दिदिबहिनीले आफ्नो अधिकार सुनश्चित गर्नका लागि कफन बाधेर लड्नुपर्ने अहिलेको आवश्यक रहेको जिकिर समेत गर्नुभयो।
दलाल संसदीय ब्यबस्थाको कर्मकाण्डनै आमजनतालाई भ्रम र पसिना चुसिखाने नै हो,त्यसकारण यो ब्यबस्थाबाट महिला दिदिबहिनिहरुले सुरक्षीत अनुभूति गर्ने वातावरणनै नरहेकाले अब नेपाली दिदिबहिनिको सुरक्षाको ग्यारेन्टीका लागि बैज्ञानिक समाजवाद रहेकाले एकपटक एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नको लागि लामवद्द हुन अपिल गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?