ट्रेन्डीङ्ग

नेकपा निकट युवा संगठन कोहलपुरको प्रथम भेला सम्पन्न

असोज १२ बाके । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन कोहलपुर नगरको प्रथम भेला सम्पन्न भएको छ । भेलाले बामदेव गिरिको अध्यक्षतामा ३ पदाधिकारी रहने गरि १३ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

जसको सचिवमा शङ्क महतारा र कोषाध्यक्षमा हरि पाण्डेलाई सहित १३ सदस्यीय नगर कमिटी गठन गरिएको हो। ।

भेलालाई शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि दीपले अबको युवाहरूको आन्दोलनको मुल प्रवृति वर्तमान असफल व्यवस्था विरुद्ध हुनुपर्ने बताउनु भयो । ८० लाख युवाहरू रोजगारको खोजीमा विदेशीन बाध्य हुनुमा वर्तमान व्यवस्थाको दलाल पुँजीवादी उत्पादन सम्बन्ध जिम्मेवार रहेको र त्यसको नेतृत्व ससदवादी दलहरूले गरेको बताए ।

चौथो जिल्ला सम्मेलन आयोजक समिति बाँकेका सदस्य बलु रोकाको अध्यक्षतामा सम्पन्न उक्त भेलाको प्रमुख अतिथिमा सङ्गठनका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा भेरी-कर्णाली ब्युरो इन्चार्ज विष्णु अद्वितीय ‘दीप’,अतिथिहरूमा पार्टी कोहलपुर नगर इन्चार्ज कल्पना ओली,अखिल(क्रान्तिकारी)की केन्द्रित सद्स्य अमृता घर्ती र युवा सङ्गठनका बाँके संयोजक दिपक बुढाथोकी रहनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?